दयानन्दको निर्णायक गोलले मच्छिन्द्र फाइनलमा

इलाम । खेलको दश मिनेटमा बिजु भुजेलको हेडमार्फत दयानन्दको निर्णायक गोलले मच्छिन्द्र फुटबल क्लबका फाइनलमा पुगेको छ । एघारौँ फाल्गुनन्द गोल्ड कपमा शनिवार न्यु रोड टिम (एनआरटी)लाई पराजित गर्दै मच्छिन्द्रले फाइनल यात्रा तय गरेको हो ।

फिदिम माविको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीलाई १–० गोलले कठिन जित निकाल्दै उपाधि नजिक पुगेको छ । एनआरटी पराजित भए सँगै साबिक मेचीमा लगातार एनआरटी र चर्च ब्वाइज बिचको तेस्रो फाइनल प्रतिस्पर्धा टरेको छ । चर्च ब्वाइजलाई पराजित इलाम गोल्ड कप जितेको एनआरटी झापा कपमा फाइनल चर्च ब्वाइजसँगै पराजित भएको थियो । फाल्गुनन्द कपमा भने मच्छिन्द्र सँग पराजित बनेपछि लगातार तेस्रो पटक चर्च ब्वाइजसँग फाइनल प्रतिस्पर्धा टरेको हो ।

मछिन्द्रले खेलको १५ मिनेटमा दयानन्दले पाएको अवसर पोस्टमा परेन । २७ मिनेटमा मनिस डाँगीले अग्रता दोब्बर बनाउने अवसरबाट चुके भने ३२ मिनेटमा सन्देशको प्रहार फितलो बन्यो । ३४ मिनेटमा दयानन्दको प्रहार आकासियो भने ४० मिनेटमा बिजु भुजेलको प्रहार बारमा लागेर फर्कियो । ५० मिनेटमा बिजुलै प्रहार खराब बन्न पुग्दा ६२ मिनेटमा देवेन्द्रको प्रहार सशक्त बन्न सकेन । ८० मिनेटमा छिरिङको अवसर पोस्ट माथिबाट बाहिरियो भने ८६ मिनेटमा वान भर्सेस वानको अवस्थामा बिजु भुजेलको प्रहार किपरको हातमा प¥यो । ९० मिनेटमा देबेन्द्र तामाङले पाएको निकै राम्रो अवसर फ्रेममा नपरेपछि एक गोलमै चित्त बुझाउन प¥यो ।

न्युरोड टिमले पनि गोल गर्ने अवसर पाएको थियो । खेलको २४ मिनेटमा वसन्त सम्बाहाम्फेले खेललाई बराबरी बनाउने अवसर पाए पनि प्रहार फितलो बन्न पुग्यो । ३६ मिनेटमा विशालको प्रहार फ्रेममा परेन । ४४ मिनेटमा मार्टीन चुक्न पुगे भने ६५ मिनेटमा नेमारको प्रहार फितलो बन्यो । ६७ मिनेटमा अञ्जन विस्टले डिबक्स नजिकै बाट पाएको अवसर सदुपयोग गर्न सकेनन् भने ६९ मिनेटमा सरोजको फ्रिकीक प्रहार गोल पोस्टमा नपरेपछि सेमिफाइनलबाटै घर फर्किन पुग्यो । खेलको म्यान अफ द म्याच मछिन्द्रका देवेन्द्र तामाङ घोषित भए । सोमबार मच्छिन्द्र र चर्च ब्वाइजबिच फाइनल प्रतियोगिता हुने आयोजकले जनाएको छ । विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो