फेवाताल किनारमा सुरु भयो पोखरा सडक महोत्सव

पोखरा । पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली समेत विदेश जाने प्रचलन थियो । पोखरा घुम्न आएका विदेशी पर्यटक पनि त्यसबेला नेपालमा आकर्षक कार्यक्रम नहुँदा नेपाल छाडेर स्वदेश फर्कन्थे । तर, २५ वर्षयता पोखरामै सडक महोत्सव हुन थालेपछि नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराले बर्सेनि फेवाताल किनारमा पोखरा सडक महोत्सव आयोजना गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको छ ।

यस वर्ष पनि अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि प्रारम्भ भयो । महोत्सवको कोमागाने पार्कमा हुने विशेष समारोहबीच नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

त्यसअघि, खहरे चोकदेखि कोमागाने पार्कसम्म साँस्कृतिक झाँकीसहित ¥याली आयोजना भयो । जसमा विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा झाँकीसहित ¥यालीमा सहभागी भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । छिमेकी जिल्लाका प्रचलित नाचहरुले दर्शकको ध्यान खिचेको थियो ।

विविध कार्यक्रमका साथ पर्यटनको राजधानी पोखरामा ५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख पर्यटक भित्राउने लक्ष्य आयोजकको छ ।

रेवान महासचिव एवं प्रचारप्रसार समिति संयोजक वीरेन्द्र शेरचनले स्थानीय कलासंस्कृति, मौलिक भेषभूषा प्रदर्शनी, स्थानीय उत्पादनलाई जोड दिएको बताए । सडक महोत्सवलाई अन्तर्राष्ट्रियजगतसम्म चिनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको बताए ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहकलाई सेवा दिने छन् । महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, कन्सर्ट, खेलकुद खेलकुदतर्फ बोट रेस, वेटर रेस, टंग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौती विषयमा टक सो, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था रहेका छन् ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ । उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ । लेकसाइड यतिखेर ध्वजापताका, ब्यानरले दुलही झैं सिँगारिएको छ भने पर्यटकको चहलपहल बाक्लिन थालेको छ । व्यवसायीका अनुसार पोखराको होटल क्षेत्रमा अघिल्लो महिनासम्म ३५ प्रतिशत रहेको अकूपेन्सी बढेर अहिले ५० प्रतिशत हाराहारी पुगेको छ ।

सडक महोत्सवका मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रालिको टुबोर्ग वियर हो । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् छन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा