‘विदेशबाट आउँदैमा कोरोना लागेको हुँदैन’

ललितपुर । सहरबजारमा मात्र नभई ललितपुरका गाउँघरमा पनि विदेशबाट आएकाहरू देख्नेबित्तिकै स्थानीय झस्कने गरेका छन् । बाग्मती गाउँपालिकाका विभिन्न गाउँका बासिन्दामा ‘विदेशबाट आएकामा कोराना भाइरस संक्रमण छ’ भन्ने भ्रम रहेको पाइएको हो ।

प्युटार, आस्राङ र गिम्दीका विदेश गएर आएकामा ‘कोराना संक्रमण छ’ भन्ने भ्रम रहेको पाइएको छ । ‘विदेश गएर आएकामा भाइरस संक्रमण छ भन्ने भ्रम पाइयो, विदेश गएर आएकाको सामुन्ने पर्न पनि उनीहरू डराउँछन्,’ मलेसियाबाट गत २९ फागुनमा स्वदेश फर्किएका ६ वडा आस्राङका ३३ वर्षीय गोपाल सञ्जेल भन्छन्, ‘मलाई रुघाखोकी ज्वरोजस्ता केही समस्या छैन तर विदेशबाट आउनेबित्तिकै श्रीमती विरामी भएपछि सबैले मलाई कोरोना भएको शंकाको दृष्टिकोणले हेर्न थाले ।’

श्रीमतिलाई पहिल्यैदेखि ‘प्रेसर लो’ भएको उनले बताए । विदेशबाट आइपुग्नु र श्रीमती पनि विरामी हुनुको घटनालाई छरछिमेकले ‘ल यसलाई कोरोना लाग्यो’ भन्ने हल्ला चलाएको सञ्जेल सुनाउ“छन् ।

प्युटार, आस्राङ र गिम्दीमा मलेसियाबाट ५, भारत र युएईबाट ३–३, कतार र जोर्डनबाट १–१ व्यक्ति गत एक महिनाभित्र आएका हुन् । उनीहरूको आरडिटी टेस्ट नेगेटिभ देखिइसकेको छ ।

‘समाजले मप्रति अलिकति घृणित नजर लगायो,’ उनले भने, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण नभेटिएपछि सबैको भ्रम मेटियो ।’ जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले बाग्मती गाउँपालिकासँगको समन्वयमा आरडिटी टेस्ट गर्नेक्रममा सञ्जेलले आफूलाई स्वस्थ पाए ।

सञ्जेल आएकै दिन मलेसियाबाट फर्किएका २९ वर्षीय रामशरण सापकोटाले खासै समस्या नभोगे पनि छरछिमेकमा ‘कानेखुसी’ भने गरेको उनले चाल पाए । ‘विदेशबाट आएको एक महिना पूरा भइसकेको छ, कुनै स्वास्थ्य समस्या छैन,’ उनी भन्छन्, ‘तैपनी मानिस मेरो घर’round आउन डराउँछन् ।’

६ वडा प्युटारका रुपक तिमल्सिना गाउँघरतिर जनचेतना अभाव रहेको बताउँछन् । भारत मोजफरपुरमा सवारी चालक रहेका २२ वर्षीय रुपक गत २८ फागुनमा फर्किएका हुन् ।

‘त्यो घरमा विदेशबाट मान्छे आएको छ, त्यहाँ जानु हु“दैन है † कोरोना लाग्नसक्छ भन्छन्,’ रुपक भन्छन्, ‘कोही पनि मेरो घरतिर आउँदैनन्, दृष्टिकोण नै फरक पाएको छु ।’

प्युटारकै दिनेश तिमल्सिना युएई दुबईबाट गत ३० फागुनमा फर्किए । त्यहाँ उनी सेक्युरिटी गार्ड थिए । ‘कोरोना विश्वव्यापी बनिरहेको थाहा थियो, म छुट्टिमा घर आएको हु“,’ उनले भने, ‘बाहिरबाट आएकामा भाइरस संक्रमण हुन्छ भनेर गाउँका मान्छे हामीसँग सामुन्ने पर्न पनि डराउँछन् । पछिल्लो समय भने अलिकति बुझ्दै आएका छन् ।’

७ वडा गिम्दीका सुरज ढुँडारी गत ३ चैतमा भारतबाट आएका हुन् । बैङ्लौरमा इन्जिनियरिङ पढ्न गएका उनलाई कोरोना भाइरससँग डर नलागे पनि ‘समाजमा अरुका लागि धेरै सर्तकता अपनाएको’ उनी बताउँछन् ।

अरुलाईजस्तो आफूप्रतिको दृष्टिकोण नराम्रो नभएको उनको अनुभव छ । ‘तर पारी गाउँतिर भने मेरो’bout कोरोना नै लागेजस्तो व्याख्या गर्न मानिस पछि परेका छैनन्,’ सुरज सुनाउ“छन् ।

गिम्दीकी मनिषा लोप्चन गत २१ फागुनमा जोर्डनबाट फर्किएकी थिइन् । विदेशबाट आएकाले उनलाई ‘अरुले केही भन्छन् कि ?’ भन्ने डर छ । ‘मेरो स्वास्थ्य सबै ठीक छ,’ उनले भनिन्, ‘विदेशबाट आएको भनेपछि अगाडि केही नभने पनि पछाडिचाहि“ यो त विदेशबाट आएको हो भन्ने गर्छन् ।’

मलेसियाबाट गत ६ फागुनमा फर्किएका आस्राङका गोविन्द थापा आफूलाई कुनै समस्या नभए पनि समाजको दृष्टिकोण फरक रहेको बताउँछन् । ‘वडाध्यक्षले तपाई विदेशबाट आउनु भएको रहेछ, स्वास्थ्य टोलीले परीक्षणका लागि आउँदैछ, परीक्षण गर्नु भनेपछि आएको हुँ,’ उनी सुनाउ“छन् ।

प्युटार, आस्राङ र गिम्दीमा मलेसियाबाट ५, भारत र युएईबाट ३–३, कतार र जोर्डनबाट १–१ व्यक्ति गत एक महिनाभित्र आएका हुन् । उनीहरूको आरडिटी टेस्ट नेगेटिभ देखिइसकेको छ ।

६ वडाध्यक्ष लालबहादुर बमजन ‘विदेशबाट आएको भन्दैमा कोरोना लागेको नहुने’ स्पष्ट पार्छन् । ‘त्यस्ता व्यक्तिको नजिक जाँदा सामाजिक दुरी कायम गरेर बस्नुपर्ने’ उनको सुझाव छ । विदेशबाट आएकाको सोधखोज गरिरहेको आस्राङ प्रहरी चौकी इञ्जार्ज असई रामदेव चौधरीले जानकारी दिए ।

यसैगरी, भट्टेडाँडाकी ऋतु थिङको वारिपारि गाउँमा उनी ‘आएको’ भन्नेबित्तिकै ‘विदेशबाट कोरोना ल्याएको हुनसक्ने’ भन्दै हल्ला फिजिएको छ । गाउँपालिका प्रवक्ता एवं ३ वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले जनचेतना कमीका कारण भ्रम फिजिएको बताए । ‘एकचरण हामीले विदेशबाट आउनेको परीक्षण गरिसकेका छौं,’ उनले भने, ‘सबैको रिपोर्ट नेभेटिभ आएकाले शंका–उपशंका गर्ने ठाउँ छैन ।’

बाग्मती गाउँपालिकामा विदेशबाट एक महिनाभित्र आएका २१ जनाको आरडिटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा