भानुभक्त र घाँसीको शालिक तोडफोड भएको छ महिना बित्यो, बनेन

लमजुङ । लमजुङ जिल्लामा रहेको एकमात्र भानु– घाँसी संवाद पार्कमा निर्माण गरिएका आदिकवि भानुभक्त र घाँसीको शालिक तोडफोड गरेको छ महिना बित्दा पनि पुनः निर्माण हुन सकेको छैन । त्यो शालिक तोडफोड गर्ने एक व्यक्तिले अझै पनि जिल्ला अदालतमा तारेख धाइरहेका छन् । उनले मर्मतका लागि तिर्ने सहमति भएको एक लाख रुपैयाँ समेत पार्क व्यवस्थापन समितिलाई बुझाएको भए पनि शालिक नबनेकोमा स्थानीयले गुनासो गरेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्ले स्थित रिस्ती नदी दोभानमा बनाइएको ‘भानु– घाँसी पार्क’ र त्यसमा निर्माण गरिएको आदिकवि भानुभक्त र उनका प्रेरणा स्रोत मानिएका घाँसीको शालिक तोडफोड कार्य गत साउनको पहिलो साता रातको समयमा गरिएको थियो ।

सो पार्कमा रहेको घाँसी अर्थात खड्कबहादुर ठाडा मगरको शालिकको घाँटी छिनालिएको छ भने आदिकवि भानुभक्तको हात भाँचिएको छ । सो शालिक तोडफोड कार्य गर्ने प्रमुखकर्ताका रुपमा सोही नगरपालिका– ४ दुई पिप्ले गाउँ बस्ने २८ वर्षीय पृथ्वी उपरकोटी विरुद्ध ‘अपराधिक उपज’ मुद्दा जिल्ला अदालतमा चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यो चौतारा बनाइएको पौने दुईवर्ष भएको र त्यसको निर्माण कार्य पं. शिवदत्त वाग्लेले गरेको वाग्ले वंशावली निर्माण समितिका संयोजक एवम् समाजसेवी महेन्द्रराज वाग्ले(पं. शिवदत्त वाग्लेका पलाती)ले बताए । उनका अनुसार सोही स्थानमा रहेको चोतारामा पहिलो पटक भानुभक्त र घाँसी भेट भई चिनजान गरी बातचित भएको ऐतिहासिक घट्नाको स्मरण र नयाँ पिढीमा सचेतना जागृत गर्नका लागि उक्त संवादपार्कको पुनः निर्माण गरिएको हो ।

उनले भने, ‘१५ लाख खर्चेर करिब १० रोपनी क्षेत्रफलमा रहेको सो पार्कमा पुनःनिर्माण गरिएको हो ।’ पार्क सहितको चौतारामा ती दुई शालिक(भानु र घाँसी) निर्माण गर्दा छ लाख रुपैयाँ खर्च भएको वाग्लेको भनाइ छ । उनका अनुसार त्यो चौताराका पुनःनिर्माण तथा शालिक निर्माण कार्य नेपाल महिला उत्थान संघ सामुदायिक सिकाई केन्द्रले गरेको हो ।

उक्त अपराध मुद्दा सरकार वादी हुने र कसुर ठहरेमा ५ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको कानुन व्यवसायीहरूले बताएका छन् ।

ऐले सो स्थानमा पुस २४ गतेदेखि १० दिने मध्यनेपाल महोत्सव शुरु हुँदैछ । सो स्थानको दृश्यावलोकनका लागि उक्त पार्क स्थल पनि एक भएको महोत्सव आयोजक समितिले जनाएको छ । अब बाँकी ९ दिनमा ती शालिक के कसरी निर्माण हुने हुन् भन्न सकिने अवस्था छैन । किनकि, एलेको चिसो मौसममा सिमेन्ट सेटिङ हुन पनि कम्तिमा हप्ता १० दिन त लाग्छ तर आजका मितिसम्म पनि घाँसीको अर्को निर्माण गर्ने भनिएको शालिक ल्याइएको छैन मध्यनेपाल महोत्सव आयोजक समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी