केपीए वेडिङ फोटो अवार्ड मगर र श्रेष्ठले जिते

काठमाडौं । काठमाडौं फोटोग्राफर संघले देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटो र उत्कृष्ट भिडियोहरुलाई अवार्ड वितरण गरेको छ ।

संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा केपिए वेडिङ फोटो अवार्ड २०२४ अवार्ड वितरण गरेको हो ।

प्रतियोगितामा सहभागीमध्ये सञ्जय मगरले उत्कृष्ट फोटो मध्ये पहिलो स्थान ओगट्दै सोनी मिररलेस क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरे । भिडियोतर्फ उत्कृष्ट भिडियो बनाउन सफल पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका थिए ।

संघका अध्यक्ष हरि घिमिरेले देशैभरबाट संकलन भएका फोटो तथा भिडियोहरू उत्कृष्ट रहेको र निर्णायक मण्डलबाट आएको नतिजालाई आधार बनाएर अवार्ड वितरण गरेको बताए ।

प्रतियोगितामा मुख्य विधा अन्तर्गत काठमाडौका संजय मगर प्रथम भए भने , पर्साका ओम प्रकाश कुशवाह द्वितिय भएका थिए । यसैंगरी पोखराका लक्ष्मीपति पौडेलले तृतीय पुरस्कार प्राप्त गरे । उत्कृष्ट दशमा सौगात भट्ट, प्रकाश गौतम महेश डंगोल, रामबहादुर तामाङ, रत्न बहादुर बस्नेत, आकाश कुमार चौधरी, सानुकाजी महर्जन पर्न सफल भए ।

पिपुल्स च्वाईस अवार्ड भने पोखराका अग्निधर तिमिल्सिनाले हात पारेका थिए । यसैगरी सहायक विधा अन्तर्गत प्रीपोस्ट वेडिङ तर्फ काठमाडौंका दिपक मैनाली प्रथम, काठमाडौंकै अजय बुढाथोकी द्वितीय र कपिलवस्तुका कर्णबहादुर तिवारी तृतीय भए । भिडियो विधामा भने काठमाडौंका पशुपति श्रेष्ठले प्रथम स्थान हात पारेका थिए ।

कार्यक्रममा पर्यटन तथा उडयन मन्त्री पौडेलले प्रतियोगिता र अवार्डका कारण नेपाली परम्परा र संस्कृतिको जगेर्ना हुने बताउँदै नेपालको पर्यटन विकासमा उल्लेख्य भुमिका खेल्ने बताए ।

प्रतियोगितामा भाग लिएका फोटोहरुमध्ये उत्कृष्ट १२० फोटोहरु बबरमहलस्थित आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएको थियो ।

अवार्ड वितरणमा मन्त्री पाण्डेले फोटोग्राफि आँखी झ्याल बन्न सकेमा संस्कृति विश्वव्यापी बन्न सक्ने बताउँदै फोटोग्राफरले एक ठाउँमा बसेर अर्को ठाउँको दर्शन गराउने भन्दै त्यसबाट मोहित हाम्रो संस्कृति हेर्न आउन बाध्य हुने बताए । पशुपतिनाथ र मुक्तिनाथ मन्दिरलाई फोटो ग्राफिबाट हेरेर नेपाल आउने भावना पलाउने बताउँदै प्रकृतिको हिमाल, पहाड, तराई, वनजंगल, जल,जडिबुटि र सम्पदाहरुले सम्पन्न रहेको नेपालको पर्दा र छविछायाँ बन्ने काम फोटोग्राफरको भएको मन्त्री पाण्डेले बताए ।

अवार्डले नेपाली परम्परागत विवाह, नेपाली फोटोग्राफी र भिडियोग्राफीलाई विश्वसामु पु¥याउन प्रोत्साहन मिलेको अध्यक्ष हरि घिमिरेले बताए ।

नेपालको कला संस्कृतीलाई बचाउँदै नेपाललाई वेडिङ् डेस्टिनेशनको हब बनाउनको लागि अवार्ड वितरण गरिएको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा