नगद सहयोगले बिग्रिए राउटे समुदाय !

दैलेख । ने पालको सम्पदा र कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदाय पछिल्लो समय मदिरा र सुर्तीजन्य पदार्थका कारण बिग्रिँदै गएको छ । नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षाको भत्ताले यो समुदाय बिग्रिँदै गएको टिप्पणी हुन थालेको छ ।

आइतबार वीरेन्द्रनगरमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको राउटे समुदायको मानव अधिकारको संरक्षण र संवर्धनका सम्बन्धमा आयोगको सिफारिस कार्यान्वयन अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीले यस्तो बताएका थिए ।

नगद रकमबाट यो समुदायले मदिरा तथा सुर्तीजन्य पदार्थमा खर्च गर्ने गरेका कारण संख्या निरन्तर घटिरहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा मानवअधिकार आयोगका रमेशकुमार थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा राउटे समुदायको मानवअधिकार संरक्षण र संवर्धन गर्नका सबै सरोकारवालाको भूमिका महŒवपूर्ण हुने भएकाले तीनै तहका सरकारलाई सिफारिस’bout जानकारी दिइएको थियो ।

सोही कार्यक्रममा सहभागी भएका राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘म र मेरो जनताले पहिला कोसी, मधुस, आरी, खाट बनाएर गाउँमा अन्नसँग साटेर जीविका चलाउँथ्यौं । नेपाल सरकारले भत्ता दिएपछि अधिकांश राउटे वृद्ध, महिला, बालबालिकासमेत मदिरा पिउन थाले । हामीलाई आवश्यक पर्ने चीजवस्तु दिए भैगो, नगद चाहिँदैन । नगद पाएपछि अधिकांश राउटे लिची (कमसल खालको मदिरा) पिउन गइहाल्छन् भनेको मान्दैनन् । चाहिने कुरा दिए, नगद किन चाहियो र ?’

राउटे समुदायमा काम गर्दै आएको सोसेक नेपालका अध्यक्ष हीरासिंह थापाले राउटे समुदायमा एउटै थरका मानिस भएकाले एकल महिलाको विवाह हुन नसकेको बताए । उनले भने, ‘हामीले राउटे परियोजना नाम दिएर साढे दुई वर्षभन्दा बढी काम ग¥यौं ।

मिडियाले संस्थाले नै राउटेलाई बिगारेको आरोप लगाएपछि काम गर्न छोड्यौं । यो समुदायमा बलात्कार काण्डपछि भने फेरि हामी राउटे समुदायको रेखदेख गरिरहेका छौं । यो जाति पहिलेको भन्दा आजभोलि रूपान्तरण भएको हामीले पाएका छौं ।’

उनले भने, ‘पहिला राउटे जंगलकै जडीबुटीमा विश्वास गर्थे । औषधिउपचार गर्नु हुँदैन भन्ने विश्वास थियो । तर, आजभोलि औषधिसेवन गर्ने, खाना खानुअघि हात धुनेजस्ता कामहरू गर्दै आइरहेका छन् । अब सरकारले राउटे कोरिडोरको अवधारणा ल्याई एकद्वार प्रणाली लागू गर्नुपर्छ ।’

सो कार्यपत्रमाथि पत्रकार नगेन्द्र उपाध्यायले मदिराका कारण राउटेहरूको संख्या दिनप्रतिदिन घट्दै गइरहेकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘मदिराकै कारणले यो समुदायमा प्रजनन क्षमता समेत कम भएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती