अनिवार्य अवकाशमा जाँदै एआईजी बज्राचार्य

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाश हुने भएकी छन् । प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज (सोमबार) रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ । यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाश भएका थिए ।

बोहरा ४ पुसमात्रै एआईजीमा बढुवा भएका थिए । बोहरा र बज्राचार्य अवकाशमा गएसँगै रिक्त दुई एआईजीको दरबन्दीका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध