बारा । बारामा शान्ति सुरक्षा कायम गरेको भन्दै क्याम्पसद्वारा प्रहरी उपरीक्षक सम्मानित भएका छन् । रामराजा मोहन विक्रम क्याम्पसको ४३ औ वार्षिकोत्सवमा प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई सम्मानित गरिएको हो ।
क्याम्पसका प्रमुख हरिभुषन कुशवाहाको हत्या गर्ने अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै क्याम्पस परिवारद्वारा प्रहरी उपरीक्षक खड्कालाई सम्मानित गरिएको हो ।
सम्मान ग्रहण गर्दै भावुक भएका प्रहरी उपरीक्षक महेन्द्र खड्काले कालो दिनको सम्झना गर्दै भने, ‘जेठ ३२ गते पाँच बजे मेरो मोबाइलमा आफुले सेभ नगरेको नम्बरबाट फोन आयो, उताबाट रुदै, हतास हुदै आवाज आउछ एसपी साहेव म हरिभुषन कुशावाहा रामराजा क्याम्पस प्रमुख मलाइ च्युटाहामा सुरेन्द्र कुशवाहाले गोली हानेको सुनाए आफु विच्चलित भए ।
आफु संगै डिएसपी थिए मैले आफ्नो फोन डिएसपीलाई दिएर कुरा गर्न लगाए । डिएसपीलाई पनि सोही कुरा दोहरिएर आए, आफु तुरन्त गाडी निकालेर घटनास्थल तर्फ लागे बाटोमा एम्बुलेन्स क्रस गरेको देखे पछि एम्बुलेन्स रोक्न लगाई कुशवाहालाई हेर्दा निजको अवस्था चिन्ताजनक भेटे ।
उनलाई तुरून्त अस्पताल पठाउन लगाए, घटनास्थलमा प्रहरी परिचालन गराई अनुसन्धान शुरू गराए । एक हप्ता भित्र १० जनालाई पक्राउ गरि अनुसन्धान थिलियो खडकाले भने ।
उनको ७५ वर्षीय वुवा आएर सोध्थे, मेरो छोराको हत्यामा संलग्न रहेकालाई पक्राउ गर्नु भएन । मेरो मुखमा जवाब हुँदैनथ्यो । आफै भावुक हुन्थे, जवाब केही हुँदैनथ्यो आफु संग, उनले भने ।
मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा भारतको पटनामा लुकेर बसेको सुचना पाए । त्यसलाई पक्राउ गर्न आफै भारतको पटना पुगे । कयौ दिन भोकै चियाको भरमा पटनाको गल्ली, रेल्वे स्टेसनमा भौतारे । सफलता पाउन सकिएन, आफ्नो कैरियरको यो पहिलो केश थियो जसमा राती सुत्दा खेरी पनि सपनामा अभियुक्तलाई लखेटेको देख्थे प्रहरी उपरीक्षक खड्काले भने ।
मुख्य अभियुक्त कुशवाहालाई घटना घटेको एक महिनामा मोरङ्गको विराटनगरबाट पक्राउ गर्न सफल भएको बताए ।त्यस पछि आफुले क्याम्पस परिवारलाई गरेको वाचा पुरा गर्न सफल हुदा आफ्नो जिवनको कठिन जङ्ग जितेको महसुस भएको बताए ।
समाजिक सञ्जालको विकृतिले युवायुवतीहरू अनाहकमा ज्यान गुमाउन पुगेका मुद्दाहरू प्रहरीमा
थुपारेको बताए । अहिलेको पढाई सर्टिफिकेट मै सिमित रहेको उनले बताए । ‘एजुकेशन लन टु कैरेक्टर’ शिक्षालाई सर्टिफिकेटमा हैन कि व्यवहारमा लागु गर्न सुझाव दिएका थिए ।
रामराजा मोहन विक्रम क्याम्पसको ४३ औ वार्षिकोत्सव एव अभिभावक दिवस तथा १७ औ क्याम्पस सभाको उदघाटन सत्रमा कलैया उप-महानगरका नगरप्रमुख विनोद साह, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, नेपाली काँग्रेसका उपाध्यक्ष मनोज भट्ट, पुर्व संसद पारस साह, शिवनाथ पटेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष पन्नालाल दास, सुरेश मोदक, अरूण खनाल लगायतले शुभकामना दिएका थिए ।
क्याम्पसमा मास्टर डिग्री सम्म पढाई हुने क्याम्पस प्रमुख निवेश तिमल्सिनाले बताएका छन् । एक हजार तीन सय ३२ जना विधार्थीहरू अध्ययन गरिरहेको उनले बताए ।