भिडियोमा आयो कार्साङको सात भन्ज्याङ

काठमाडौं । शेर्पा संस्कृतिमा आधारित चलचित्र कार्साङको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक समारोहबीच यो गीत सार्वजनिकसँगै निर्माण पक्षले चलचित्रको’boutमा जानकारी गरायो । निर्माणपक्षले यो चलचित्रको सात भन्ज्याङ… गीतको भिडियोलाई ओएसआर डिजिटलबाट भने आईतबार सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्द, एसडी योगीको संगीत र एडी योडी एवम् रेश्मा पुन मगरको स्वर रहेको छ । रिकेश गुरुङले यसको संगीत संयोजन गरेका हुन् । ।

चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुले गीतको भिडियोमा अभिनय गरेका छन् । प्रेमिल भावको गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । कार्साङ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित चलचित्र भएको पनि यो गीतले दर्शाएको छ । लोक लयमा आधारित शब्द र भेषभुषाले गीत र भिडियोलाई जीवन्त बनाएको छ ।

यो चलचित्र २६ पुसमा रिलिज हँुँदैछ । चलचित्रलाई यम शेर्पाले निर्देशन गरेका हुन् । निर्देशकका अनुसार चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । सोमबार पत्रकार भेटघाटका क्रममा उनले भने,‘चलचित्रले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने अपेक्षा हाम्रो छ ।’

चलचित्र कार्साङमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धी तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । यसको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहेका छन् । चलचित्रलाई नेपालसँगै विश्वव्यापी रुपमा एकसाथ रिलिज गरिने निर्माण पक्षको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र