ट्रेलरमा हरर जनराको ममी

काठमाडौं । आगामी २५ माघमा रिलिजको घोषणा सहित नयाँ चलचित्र ‘ममी’को टिजर सार्वजनिक गरिएको छ । यो हरर जनरामा निर्माण भएको चलचित्र हो । पछिल्लो समय हरर जनराको चलचित्र निर्माण क्रम बढेको छ । यही क्रममा चलचित्र ममी पनि यही जनरामा तयार भएको निर्माण पक्षले जनाएको छ ।

टिजर अनुसार एक परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि त्यो घरमा हुने अनौठा घटनाहरु र आईपर्ने विपत्तीको कथा यसमा समेटिएको छ ।

यो चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीता विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई समर निरौलाले निर्देशन गरेका हुन् । यो समर डेब्यू निर्देशक हुन् । चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखनसँगै लोक राज जोशी, पूर्णिमा जोशीको निर्माण रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा सुमन कोइराला हुन् ।

चलचित्र ममीको छायांकनमा निशाल पौडेल र शरद महतो, सम्पादनमा सुरेन महर्जन, पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आर पि, रंग सँयोजनमा दिपेश चौधरी र संगीतकारमा एसडी योगी रहेका छन् । यो चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष