दक्षिण कोरियाका पूर्व राष्ट्रपतिबिरूद्ध पक्राउ पुर्जी जारी

सियोल । दक्षिण कोरियाका पुर्व राष्ट्रपति युन सुक योल बिरूद्द पक्राउ पुर्जि जारी भएको छ । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसदले केही घन्टामा नै उनको सो कदम माथी रोक लगाएको थियो ।

संसदले रोक लगाएको ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिएको उनले घोषणा गरेका थिए । सो क्रम यसै रोकिएन र संसदले दोस्रो पटकमा बहुमतका साथ युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेर राष्ट्रपतिवाट निलम्बन गरेको थियो ।

युनको मार्शल ल लागू गर्ने निर्णयको विरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम