बिदेशमा उपचार गर्न जान मानेनन मोहन बैध

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न अस्विकार गरेका छन् । बिगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत बैधले बिदेशमा उपचार गर्न अस्विकार गरेको उनको उपचारमा सहयोगी भुमिका खेलिरहेका नेता हरिभक्त कडेँलले बताए ।

हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्विकार गरेको उनको भनाइ छ ।  ‘यहीँ नेपाल राम्रा र दक्ष चिकित्सकहरू हुनु हुदोँरहेछ, उपचारका लागि नै भनेर किन विदेश जानुपर्‍यो भनेर उहाँले कुरा गरे पछि यहीँ उपचार गरिरहेका छौं,’ उनले सञ्चारकर्मीसँग भने ।

दम बढेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुइ हप्ता बढी समय देखी उपचार गरिरहेका छन। उनलाई दमसँगै निमोनिया देखिएपछि ५ दिनदेखि आईसीयूमा राखेर उपचार गरिरहेको कँडेलले जानकारी बताए । उनका अनुसार पार्टीले वैद्यको उपचारका लागि कँडेलको संयोजकत्वमा समिति नै गठन गरेर काम गरिरहेको छ । 

कडेँलका अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भइरहेको छ । उनका अनुसार यही अवस्था रहेमा चार–पाँच दिनपछि डिस्चार्ज गरिनेछ । डा. निरज बमको टिमले वैद्यको उपचार गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध