काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्म जयन्तीको अबसरमा पौड्याललाई श्रष्टाहरुले उनकै कवितामार्फत सम्झिएका छन् ।
काठमाडौंको सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्दै कविशिरोमणिको जन्म जयन्ती मनाईएको छ ।
सो कार्यक्रममा यादव भट्टराई, ललिता दोषी, भगवती बस्नेतले विभिन्न कविता वाचन गर्दै कविशिरोमणिप्रति श्रद्धासुमन अर्पण गरे । उनीहरुले केही आफ्ना र केही कविशिरोमणिका कविता सुनाएका थिए ।
त्रिमूर्ति निकेतनद्धारा आयोजित सो कार्यक्रममा निकेतनकी संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले नेपाली साहित्यमा कविशिरोमणि लेखनाथ पौड्यालको योगदान’bout चर्चा गरिन् । विशेषगरेर छन्द कविताको प्रवर्धनमा कविशिरोमणिको महत्वपूर्ण योगदान रहेको बताईन् । अहिलेसम्म पनि छन्द कवितामा कविशिरोमणिका कविताहरु नै प्रभावशाली रहेको पनि प्रसाईको कथन थियो ।
सो कार्यक्रममा बोल्दै लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदीले लेखनाथको काव्य सृजनालाई सम्वर्धन गर्नसके उनीप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए ।
कार्यक्रममा बोल्दै बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी तथा नई प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाली साहित्यमा कविशिरोमणिको योगदान’bout चर्चा गरे ।