संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौँ। सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ । एक मन्त्रीका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि बस्न सक्ने छ ।

संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारुढ दलको तर्फबाट पहल लिइरहेकाले विजनेश समेतलाई ध्यानमा राखेर अधिवेशन बोलाउन लागिएको सत्तारुढ दलका नेताहरूले बताएका छन् ।

संसद्‌मा विचाराधीन विधेयक अगाडि बढाउन एमालेले तोक्यो फोकल पर्सन एमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकेको छ । संसद्को वर्षे अधिवेशन नगत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म अधिवेशन नबोलाएको भनेर प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण समेत गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना