Tuesday, June 22, 2021
Home समाज जंगली बँदेलको मासु बाँडफाँड गर्ने विषयमा विवाद हुँदा दईपक्ष बिच झडप

जंगली बँदेलको मासु बाँडफाँड गर्ने विषयमा विवाद हुँदा दईपक्ष बिच झडप

,


सर्लाही । सर्लाहीमा यतिबेला जंगली बँदेलको चोरी निकासी बढेको छ । स्थानियहरु लकडाउन अवज्ञा गर्दै सयौँको संख्यामा बँदेललाई मार्न जंगल चहारिरहेको दृश्य गाउँ घरमा देख्न सकिन्छ ।

सर्लाहीको चन्द्रनगर,ईश्वरपुर,हरिपुर,कविलासी,मलंगवा,कौडेना लगायतको स्थानिय तह अन्तर्गतका गाउँमा यतिबेला बँदेलको चोरी निकासी बढेको छ । आज जंगली बँदेलको मासु बाँडफाँडको विषयलाई लिएर मलंगवा नगरपालिकामा दुई पक्ष बिच भएको झडपमा एक जना ब्यक्ति घाइते भएको छन् भने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका वडा नं.७ गणेशिया टोलका केही स्थानीय ब्यक्तिहरुले गाउँ नजिकैको खेतबाट मारेर ल्याएको जंगली बँदेलको मासुको बाँडफाँडलाई लिएर दुई पक्ष बिच झडप भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार आज दिउँसो स्थानीय चन्देश्वर रायको घरमा बाँडफाँड भइरहेको मासु लिन भनि गएका बिल्टु रायलाई चन्देश्वर राय र उनका छोरा शशी यादव मिलेर कुटपिट गरेका थिए । कुटपिटबाट बिल्टु रायको टाउको फुटेको छ । झडपको जानकारी पाए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेर चन्देश्वर रायको छोरा शशी यादव र घाइते बिल्टु राय र उनका छोरालाई आवश्यक कार्यवाहीको लागि नियन्त्रणमा लिएको छ ।

केहि दिन अघि पनि चन्द्रनगर गाउँपालिकामा जंगली बँदेलको मासु बाँडफाँडको विषयलाई लिएर दुई पक्ष बिच कुटाकुट भएको थियो । जंगल मासिदै गएको र जंगलमा उचित अहार नपाएर जंगली बँदेलको हुलै गाउँ घरमा पसेको डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख माधव देवले जानकारी दिए ।

नेपाल सरकार मन्त्रीपरिषद २०७६ माघ २० गतेको निर्णय अनुसार बालिनाली नोक्सानी गरेको खण्डमा तथा मानिसलाई घाईते बनाउने क्रममा बँदेललाई मार्दा कुनै कार्वाही नहुने डिभिजन वन कार्यालयका प्रमुख तथा डेफो देवले बताए । तर बंदेल मारिसकेपछि स्थानिय डिभिजन वन कार्यालय,निकुञ्ज,प्रहरी र स्थानिय तहलाई जानकारी गराउनु पर्ने हुन्छ । मारिसकेको बँदेललाई स्थानिय जनप्रतिनिधि वा वडा सदस्य सहित पाँच जनाको रोहबरमा मारिएको बँदेललाई खाल्टो खनि गाडनु पर्ने काुननी प्रावधान छ ।

बँदेल मार्दा २० हजार जरिमाना वा एक वर्ष सम्म कैद हुन सक्ने

कुनै प्रकारका नोक्सानी नगरेको खण्डमा बंदेललाई चोरी सिकारी गरेर मा-यो भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अबैध रुपमा बंदेल मार्नेलाई २० हजार सम्म जरिमाना वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रवधान रहेको डिभिजन वन प्रमुख तथा डेफो माधव देवले जानकारी दिए ।

(Visited 449 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

साताका लोकप्रिय समाचार

छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५...

छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कार गर्ने पक्राउ

  झापा । छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कारमा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका–३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई...

प्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

  काठमाडौँ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय...

ट्रेन्डिङ

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित

पोखरा । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन् । महासंघको बिहीबार सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई ५३...

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रहीे केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान...

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो...

प्रहरी हिरासतको शौचालयमा घाँटी रेटिएको अवस्थामा चन्द मृत भेटिए

धनगढी । कैलालीमा प्रहरी हिरासतको शौचालयमा एक जना घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो पौने एकबजेतिर प्रहरी हिरासतमा रहेका धनगढी...

गोर्खा ब्रुअरीद्वारा जनस्वास्थ्यमा गम्भीर खेलबाड

काठमाडौं । गोर्खा बु्रअरीले मापदण्ड नपु-याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा...

यस्तो पनि छोरा : बुबालाई मारे र खाडल खनेर पुरे

काठमाडौं । सामान्य त सन्तानलाई भविष्यको आधारको रुपमा बुझिन्छ हाम्रो समाजमा । तर, तनहुमा एक जना बुबा आफ्नै २१ वर्षे छोराबाट मारिएका छन् । प्रहरीले...

राजधानी र नामकरणका लागि प्रदेश २ मा आज मतदान

जनकपुरधाम । प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा आज (मंगलबार) बिहान मतदान हुने भएको छ । प्रदेशसभा गठन भएको करिब सवा...

फिल्म सुरु नभएपछि बिकिनी सुटमा रम्दै सनी

मुम्बई । पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनी पछिल्लो समय फोटो सुटमा रम्न थालेकी छन् । क्यानडा र भारत आवतजावत गरिरहने यी...

म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं । इग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी...

जुगलका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस

सिन्धुपाल्चोक । गएको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ...

कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल...

भक्तपुरमा ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)