गेटाबाटै एमबीबीएस पढाउन सरकारलाई नागरिकस्तरबाट दबाब

धनगढी । कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नागरिकस्तरबाटै सरकारलाई दबाब दिन थालिएको छ । गेटा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिले विश्वविद्यालय सञ्चालन गर्न दबाब दिन थालिएको हो । हाल आएर नागरिक समाजले पनि गेटामा विश्वविद्यालय चलाउनुपर्ने भन्दै दबाबका कार्यक्रम चलाउन थालेको छ । संघीय प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट विश्वविद्यालयको विधेयक पारित हुनुपर्ने माग सुदूरपश्चिम बासीको छ ।

चालु आर्थिक वर्षभित्रै एमबीबीएस लगायतका पढाइका कार्यक्रम सुरू हुनुपर्ने माग गरिएको छ । गेटामा झण्डै ७ अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएका भौतिक संरचनामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग जनस्तरबाटै उठ्न थालेको हो । प्रतिनिधि सभाको विषयगत समितिमा विचाराधीन सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेर सरकारले उपयुक्त निकास दिनुपर्ने नागरिक समाज धनगढीका प्रतिनिधि तीर्थराज ओझाले बताए ।

उनले विधेयक पारित गरेर सरकारले नै उचित निकास दिनुपर्ने बताए । ‘सरकारले संसदमा विचाराधीन विधेयक पारित गरेर उपयुक्त निकास दिनुपर्छ । सरकारले सञ्चालनको मोडालिटी तय गरेर छिट्टै मेडिकल अध्ययनको वातावरण बनाउनुपर्छ भन्ने हाम्रो माग हो’, ओझाले भने । गेटामा सरकारले ७७ रोपनी क्षेत्रफलमा ४३ भन्दा बढी भौतिक संरचान निर्माण भएका छन् । सरकारले २०७९ मा गेटामा मेडिकल विश्वविद्यालय चलाउने निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार नै सरकारले विधेयक निर्माण गरेर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको विषयगत समितिमा छ । आगामी हिउँदे अधिवेशनबाट विश्वविद्यालय विधेयक पारित गरेर चालु आर्थिक वर्षभित्रै चिकित्सा अध्ययनको वातावरण सरकारले निर्माण गर्नुपर्ने संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए । ‘सरकारले निर्माण गरेको विधेयक संसदीय समितिमा छ ।

हामीले हिउँदे अधिवेशनबाट विधेयक पारित हुनुपर्छ भनेका छौँ’, उनले भने, ‘अधिवेशनबाट विधेयक पारित गरेर चालु आर्थिक वर्षभित्रै एमबीबीएसको पढाइ हुनुपर्ने माग हामीले गरिरहेका छौँ ।’ अन्य प्रदेशमा कम्तिमा एक मेडिकल कलेज र प्रतिष्ठान सञ्चालनमा रहे पनि सुदूरपश्चिममा राज्यले अहिलेसम्म मेडिकल कलेज र ठुलो अस्पताल खोल्न सकेको छैन ।

राज्यबाट अहिलेसम्म चिकित्सा अध्ययनको अवसरबाट सुदूरपश्चिमका नागरिक बञ्चित रहेकाले विश्वविद्यालय ऐनमा पाँच वर्षसम्म सुदूरपश्चिमका विद्यार्थीले ५० प्रतिशत सिटमा आरक्षण पाउनुपर्ने संघर्ष समितिका संयोजक पाण्डेले बताए । सरकारले गेटामा ५० शय्याको अस्पताल मात्रै चलाएको छ । गेटामा तीन सय शय्याको अस्पताल चलाएर अध्ययनको वातावरण मिलाउन प्रदेश सरकार र संघीय सरकार सकारात्मक रहेको संघर्ष समितिको दाबी छ ।

सेती प्रादेशिक अस्पताल अस्पताललाई गेटा विश्वविद्यालय मातहत ल्याएर विश्वविद्यालय चलाउन प्रयत्न भइरहेक मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले सेती अस्पताललाई गेटा मातहत ल्याएर अस्पताल सञ्चालन र मेडिकल शिक्षाका कार्यक्रम चलाउन संघीय सरकारसँग प्रदेश सरकारले पनि कुराकानी अगाडि बढाइरहेको बताए । विगत ३० अगाडि गेटामा मेडिकल कलेज चलाउने चर्चा चलेको हो । सरकारले करिब सात करोडको लागतमा भौतिक पूर्वाधार बनाइए पनि मेडिकल शिक्षा अध्ययनको अवस्था कहिले हुन्छ भन्ने कुरा भविष्यकै गर्भमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर