कागेश्वरी मनोहरा–६ डुमादेवी टोलमा विगत चार महिनादेखि स्थानीय ढुङ्गेधारामा पानी आउन बन्द भएको छ ।
सय वर्ष पुरानो उक्त ढुङ्गेधारा नगरपालिकाले बनाउने क्रममा ३०० मिटर पर मुहानबाट आएको पाइप फुट्न गइ पानी आउन छाडेको हो । पचासदेखि साठी घर परिवारले प्रयोग गर्दा आएको उक्त ढुङ्गेधारामा पानी आउन छाडेपछि उक्त स्थानमा पानीको विकल्प नभएकाले स्थानीयहरु जारको पानी खान बाध्य भएका छन् ।
स्थानीयले पटक–पटक नगरपालिकामा गई मेयरलाई ताकेता गरेको र मेयर बजेट समेत स्वीकृत गरी सक्दा र स्थानीयले पाइप समेत खरीद गरी सक्दापनि हालसम्म पनि नगरपालिका तथा वडा कार्यालयले वेवास्ता गरी रहेको छ ।
अझ सुख्खा याममा त पानीको झन हाहाकार हुने स्थानीयहरु बताउँछन् । समस्याको समाधान तुरुन्त नभए स्थानीयहरु आन्दोलनमा जान बाध्य हुने कुरा स्थानीयहरुले बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)