प्रधानमन्त्री ओलीद्धारा कन्दराको नयाँ गीत सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अंग्रेजी नयाँ वर्ष २०२५ को अबसर पारेर बुधबार कन्दरा ब्याण्डले नयाँ गीत हुनेछ ः द सङ अफ होपको भिडियो सार्वजनिक गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कन्दरा ब्याण्डको धेरै समयपछि आएको यो गीतले सांगीतिक यात्रामा सुनौलो अध्याय थप्ने विश्वास व्यक्त गरे । गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक भएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले कार्यक्रममा भने,‘यसले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न, हामीलाई आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यहरूलाई आत्मसात् गर्न, नकारात्मक सोच र अन्धकारलाई पछाडि छोडेर उज्यालो भविष्यको सपना देख्न प्रेरित गर्छ ।’

प्रधानमन्त्री ओलीले कन्दरा ब्यान्डका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई मिठो गीतको लागि शुभकामना दिँदै भने, ‘साह्रै राम्रो गाउनु भएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो बनाउनु भएको छ’, प्रधानमन्त्री ओलीले सन् २०२५ बाट प्रारम्भ गर्न थालेको कन्दराको विश्वभ्रमणको पनि शुभकामना दिए ।

कार्यक्रममा बोल्दै गायक श्रेष्ठले यो गीतले नेपालीहरूमाझ सकारात्मक सम्भावनाको विम्ब प्रस्तुत गरेको बताए । उनले भने, ‘यो गीत आशाको किरण हो, जसले हरेक नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिनेछ ।’

गायक श्रेष्ठका अनुसार यसअघि नै कन्दरा ब्याण्डले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई ’पहिला घरदेश, अनि परदेश’को नारा दिएर देश बिदेशमा सांगीतिक कार्यक्रमको तालिका सार्वजनिक गरिसकेको छ ।

हुनेछ ः द सङ्ग अफ होपमा शब्द तथा संगीत ब्याण्डका ड्रम वादक सुनिल थापाको छ । गीतमा गिटार, मिक्सिङ, र मास्टरिङ देव लामाको संगीत संयोजन र गिटार हरि महर्जनको रहेको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालको रहेको छ । जसमा नवीन थापा र दीपेश केसीले छायांकन रहेको छ । यसमा सम्पादन मधु सन्जेलले र भीएफएक्स बम बहादुर थापाले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बरहथवा मेयरमा कटुवाल निर्वाचित