काठमाडौं । नेपाल स्रष्टा समाजले काठमाडौँमा विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्नो स्थापना दिवस मनाएको छ । कार्यक्रममा २१ हजार १११ रुपैयाँसहितको सुभद्रा–विश्वराज स्रष्टा सम्मान–२०८१ संस्कृतिविद तथा साहित्यकार आर.डी.प्रभास चटौतलाई १५ हजार १०० रुपैयाँ सहितको कँडेल युवा स्रष्टा सम्मान–२०८१ युवा कवि मनोज भण्डारीलाई प्रदान गरियो ।
साहित्यकार डा. राजेन्द्र बिमल तथा पुरस्कारका संस्थापक साहित्यकार विधान आचार्यले सो सम्मान समर्पण गरे । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान गरेवापत चटौतलाई र नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरेवापत भण्डारीलाई सम्मान गरिएको कार्यक्रममा आयोजक चेतनाथ कँडेलले जानकारी गराए ।
सम्मानित श्रष्टा चटौतले यो सम्मानले साहित्य क्षेत्रमा निरन्तर लाग्न आफुलाई अझ हौसला मिलेको बताए । उनले सुदूरपश्चिम लोककला, लोकसंस्कृति र लोकसाहित्यमा सम्पन्न रहेको उल्लेख गरे ।
अर्का सम्मानित भण्डारीले आफ्ना दुई राष्ट्रभक्तिभावका छन्द कविताहरु देवनारायण यादव उवाच र प्यारो छ सुनाए । सम्मानित दुबैको ’bout समाजकी कार्यसमिति सदस्य तथा समालोचक डा.शान्तिमाया गिरीले प्रकाश पारेकी थिईन् ।
कार्यक्रममा बोल्दै डा.बिमलले विश्व साहित्यमा नेपाली साहित्यलाई लैजान सबैले चिन्तन गर्नुपर्ने बताए । नेपाली साहित्यमा चटौतको योगदानको पनि उनले चर्चा गरे ।
स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मानित व्यक्ति मात्र सम्मान हुने नभएर विधा नै सम्मान हुने अनुभूति सबैलाई हुने गरी आफुहरुले सम्मान परम्परा बसाल्न खोजेको बताए । गत वर्ष सन २०२४ मा समाजले साहित्य सम्बन्धि ३१ वटा कार्यक्रम गर्न सफल भएको पनि उनले जानकारी गराए ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, सल्लाहकार रोचक घिमिरेले अंग्रेजी नयाँवर्षको शुभकामना व्यक्त गर्दैै समाजले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । यस्तै समाजकी महासचिव देबकी तिमल्सिनाले समाजको वार्षिक कार्यक्रम र सम्मानको ’boutमा प्रकाश पारिन् ।