फोक्सिन्टारमा बेलिब्रिज निर्माण अन्तिम चरणमा

उदयपुर । गाईघाट–दिक्तेल जोड्ने सुनकोशी नदि माथि बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । गत १२ असोजमा सुनकोशी नदिमा आएको बाढीले त्यहाँको मोटरेबल पक्की पुल बगाएपछि गाईघाट दिक्तेल सिधा यातायात अबरुद्ध रहेकोमा पुस अन्तिम साताबाट गाईघाट दिक्तेल सिधा यातायात सञ्चालन हुने गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटले जानकारी दिएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका– ९ लिच्किराम्चे बीच गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गमा पर्ने फोक्सिनटारको पक्की पुल गत असोज १२ मा आएको बाढीले भत्काएपछि अवरुद्ध स्थानमा अस्थायी बेलिब्रिज निर्माण थालिएको हो । बाढी पक्की पुल बगाएपछि त्यहाँ चार महिनापछि बेलिब्रिज जडान गरि यातायात सञ्चालन गर्न खोजिएको हो ।

बाढीले भत्काएको फोक्सिन्टारको सुनकोशी नदी माथिको पक्की पुल पुनःनिर्माण नभएसम्म यातायात पुन र्सञ्चालनका लागि बेलिब्रिज जडान गरिएको हो । दुई वर्ष अघि मात्रै सञ्चालनमा आएको आर्क डिजाइनको यो पुल निर्माणको अन्तिम काम बाँकी रहँदै बाढीले बगाएको हो । गाईघाट–दिक्तेल सडक योजनाले पुल भत्किएपछि बैकल्पिक रुपमा यातायात सञ्चालन गर्न बेलिब्रिज निर्माण गर्न मंसिर सुरुमा ठेक्का आह्वान गरेको थियो ।

योजना कार्यालयले मंसिर अन्तिम साता ःरक् ब्बचथबल ऋयलकतचगअतष्यल ःगतिष्उगचउयकभ एखत ीतम, प्बतबचष्(ण्घ, ग्मबथबउगच लाई १ करोड २ लाख ९४ हजार ६ सय ७७ रुपैया ७८ पैसामा बेलिब्रिज निर्माणको ठेक्का सम्झौता गरेको छ । सो सम्झौतामा पुस अन्तिम साता भित्रमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ । ठेक्का सम्झौता पुसको अन्तिम साता सम्म निर्माण सक्ने भनि पनि सम्झौता अघि नै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाट उदयपुरका प्रमुख डिई पशुपति ज्ञवालीले जानकारी दिए । बेलिब्रिजका सामान पुरानै अवस्थामा फोक्सिनटारमा नै भएकाले निर्माण कार्य छिटो सम्पन्न हुने अपेक्षा रहेको डिई ज्ञवालीको भनाई रहेको छ ।

यो पक्की पुल सुरुमा गाईघाट–दिक्तेल सडक योजना कार्यालय र पछि पुल सेक्टर १ धरान–इटहरीको सुपरिवेक्षणमा बनेको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १० वर्षमा बल्ल निर्माण सम्पन्न भएको पुल सरकारलाई हस्तान्तरण गरि नसकेको डिई ज्ञवालीले बताए । पुल भत्किएपछि फोक्सिन्टारमा यातायात ठप्प हुँदा यात्रुहरूले झोलुङ्गे पुल प्रयोग गर्नु परेको छ । खोटाङ उद्योग वाणिज्य संघका अनुसार, उपभोग्य वस्तु ओसारपसार गर्न झोलुङ्गे पुलले समस्या झन् बढाएको छ । फोक्सिन्टारमा झोलुङ्गे पुलको विकल्प नहुँदा रसुवामा रहेको झोलुङ्ग पुल प्रयोग गर्न बाध्य रहेको छ । यातायात साधन रसुवामा रोकिएपछि यात्रुहरूले झोलुङ्गे पुल तारेर गाडी चढ्नु पर्ने अवस्था छ ।

पुल सेक्टर इटहरीका सूचना अधिकारी इञ्जिनियर आविष्कार तिम्सिनाका अनुसार, पुल निर्माणमा ढिलाइ हुनुका साथै एप्रोच सडक निर्माण अधुरो हुँदा बाढीले पुल भत्काएको हो । नियमानुसार, ठेकेदार कम्पनीले निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म मर्मत सम्भारको जिम्मा लिनु पर्छ । तर, यो प्रकरणलाई दैवी प्रकोपको रूपमा केलाउनु पर्ने सडक विभागको धारणा रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी