Sunday, May 9, 2021
Home भर्खरै अध्यादेश फिर्तापछि शीर्ष नेता एकजुट

अध्यादेश फिर्तापछि शीर्ष नेता एकजुट

,

काठमाडौं । सरकारले दुई अध्यादेश जारी भएको एक साता नबित्दै फिर्ता गरेपछि सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएका छन् । सत्ता पक्षका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल एवं प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकमा देखापरेको समस्या समाधान गर्न एकजुट भएका छन् ।

मुलुकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेदेखि उपसभामुुख निर्वाचन तथा संवैधानिक निकायका ४० रिक्त पदमा नियुक्ति गर्ने विषयमा तीन नेता एकजुट भएका छन् । सरकारका तर्फबाट गत ८ वैशाखमा ल्याइएको दुई अध्यादेश शुक्रबार सरकारले नै फिर्ता लिने निर्णय गरेपछि सत्ता र प्रमुख प्रतिपक्ष दलबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच शुक्रबार छलफल भएको थियो । सरकारले हतारमा ल्याएको दुई अध्यादेश फिर्ता लिएपछिको नेताहरूको भेटले महŒव पाएको हो ।

संवैधानिक निकायमा नियुक्ति, उपसभामुख निर्वाचन र उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेन्डा

प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच भएको भेटवार्ताको बीचमा नै नेकपाका अर्का अध्यक्ष दाहाल सहभागी भएपछि छलफलले मूर्त रूप लिएको हो । उनीहरूबीचको छलफलमा मलुकमा फैलिँदो क्रममा रहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गर्ने कामहरूले महŒव पाएको छ । सरकारले दल फुटाउन सहज हुने र संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा समेत निर्णय गर्न सक्ने गरी दुई अध्यादेश ८ वैशाखमा ल्यायो । प्रधानमन्त्रीले मधेस केन्द्रित राजनीति दलहरू राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीलाई फुटाउन ल्याइएको संकेत गरेका थिए । तर, त्यसको असर नेकपाभित्रै पनि पर्ने देखियो ।

अध्यादेशको चौतर्फ विरोध भएको थियो । नेकपाको आन्तरिक शक्ति संघर्षका कारण प्रधानमन्त्री ओलीले आफ्नो सत्ता निरन्तरतामा असुरक्षित महसुस गरेपछि अध्यादेश जारी गरेको आँकलन गरियो । नेकपाभित्रको विवाद लकडाउनको समयमा पनि उच्चबिन्दुमा पुगेको प्रस्ट भएको छ ।

उता, नेकपा अध्यक्ष दाहालको नेतृत्वमा पार्टीका प्रमुख नेताबीच भैंसेपाटीमा अलग्गै गोप्य बैठक बस्यो । विगतको तुलनामा यसपटकको भैंसेपाटी बैठकमा नेकपाका महासचिव विष्णु पौडेलसमेत सामेल भए । यसले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीमाथि थप दबाब परेको स्पष्ट हुन्छ । मन्त्रिपरिषद्को बैठकले जुन धारामा टेकेर अध्यादेश जारी गरिएको थियो, सोही धाराअनुसार खारेज गर्ने सिफारिस गर्नुप¥यो ।

यससँगै राजनीतिक रूपमा देखिएको पार्टी विभाजनको तरंग अस्थायी रूपमा समाप्त भएको छ । राजपा र समाजवादी भने एक हुने अवसर यो अध्यादेशले उपलब्ध गरायो । यहीबीचमा प्रधानमन्त्री ओलीमाथि अर्को पार्टीको सांसद अपहरणको आरोपसमेत लाग्यो ।

ओली निकट नेताहरूले जनकपुर रहेका संघीय समाजवादीमा सांसद तथा पूर्वमन्त्री डा. सुरेन्द्र यादवलाई आफ्ना मान्छे लगाएर रातरात काठमाडौं ल्याएपछि उनीसमेत आलोचित भए । पार्टीभित्र र बाहिरको दबाब झेल्न नसकेपछि उनी अध्यादेश खारेज गर्ने प्रक्रिया अघि बढाउन सहमत भएका थिए ।

अध्यादेश फिर्ता लिएलगत्तै प्रधानमन्त्रीले बालुवाटारमा अर्का अध्यक्ष समेतलाई साक्षी राखेर प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटे । उनले बालुवाटारमा नयाँ माहोला सिर्जना गर्ने प्रयास गरे । यही बैठक राजनीतिक रूपमा समस्या देखिएको विषय समाधान गर्न फलदायी हुने विश्वास सबैले गरेका छन् । सो बैठकमा कोराना भाइरसको महामारी नियन्त्रणका लागि राजनीतिक संयन्त्र गठन, उपसभामुख निर्वाचन र रिक्त संवैधानिक निकायको नियुक्तका विषयमा छलफल भएको पाइएको छ । कोरोना भाइरसको महामारीमा सबै राजनीतिक दल एकजुट देखिन्छन् । उनीहरूले सरकारले तय गरेको रणनीतिमा सहयोग गरिरहेका छन् ।

भूकम्पले दलहरूबीच जुटाइदिएको एक सकारात्मक ऊर्जा जस्तै अहिले पनि राजनीतिक संयन्त्रको माग भइरहेको छ । संसद्को राज्य व्यवस्था समितिले समेत सरकारलाई राजनीतिक संयन्त्र गठन गर्न निर्देशन दिएको छ । कोरोना भाइरसका महामारीका कारण अहिले जनजीवनमा पारेको नकारात्मक असर र अर्थतन्त्रमाथि पारेको प्रभावको विस्तृत तथ्यांक आइसकेको छैन । तर, यसबाट पार लगाउन प्रमुख दल र नेताहरूबीच साझा मत बनाउने विषयमा बालुवाटार बैठक महŒवपूर्ण हुने विश्वास गरिएको प्रमुख प्रतिपक्ष दल स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पदमा एउटै दलको व्यक्ति सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्थाअनुसार उपसभामुख निर्वाचनको विषयमा बैठकमा छलफल भएको थियो ।

यसअघि सभामुख रहेका कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि सो पदमा नेकपाकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए । सापकोटालाई सभामुख बनाउन उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाइएको थियो । उनी हाल कानुनमन्त्री छिन् । उनले राजीनामा दिएपछि खालि रहेको पद अहिलेसम्म रिक्त छ । अब उपसभामुखमा नेकपाका लागि कांग्रेस नै यसका लागि निर्विकल्प विकल्प बन्न सक्ने परिस्थिति देखिएको छ ।

ओली–दाहाल–देउवाबीचको पछिल्लो भेट सम्बन्ध सुधारको प्रयास हुन सक्छ । त्यसमा उपसभामुखदेखि संवैधानिक निकायसम्मको भागबन्डामाथि छलफल भएको स्रोतले जनायो । यसअघिका भागबन्डामा पनि यी दुई पक्ष हिस्सेदार हुन् ।

विश्व विद्यालयमा उपकुलपतिदेखि न्यायाधीश नियुक्तसम्ममा यस्तो अभ्यास भइसकेको छ । संवैधानिक परिषद्मा प्रतिपक्ष दलको नेताको हैसियतमा नेपाली कांग्रेसका नेता देउवाको उपस्थिति हुने भएकाले पनि ओली र नेकपाका लागि सहकार्य सहज हुने देखिन्छ । हाल अख्तियारदेखि अन्य संवैधानिक अंगमा कुल ३९ जनाको पद रिक्त छ । अख्तियारजस्तो संवेदनशील र महŒवपूर्ण स्थानमा नियुक्त गर्न बाँकी रहेकाले छलफल भएको हो । सर्वोच्च अदालतमा एक न्यायाधीश रिक्त रहेको छ भने एक छिट्टै रिक्त हुँदै छ । हाल संवैधानिक परिषद्ले ४० पदमा नियुक्ति सिफारिस गर्नुपर्ने अवस्था छ ।

कहाँ कति पद रिक्त ?
अख्तियारमा– दुई जना
सर्वोच्च अदालतमा– एक जना
निर्वाचन आयोगमा– दुई जना
दलित आयोगमा– पाँच जना
आदिवासी जनजाति आयोगमा– पाँच जना
महिला आयोगमा– पाँच जना
प्राकृतिक स्रोतसाधन आयोगमा– चार जना
मधेसी आयोगमा– चार जना
मुस्लिम आयोगमा– चार जना
समावेशी आयोगमा– चार जना
थारू आयोगमा– चार जना
सर्वोच्च अदालतमा– एक न्यायाधीश

(Visited 952 times, 2 visits today)
Loading comments...

आजको समाचार

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

 माेरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

एमालेका उम्मेदवार रामबहादुर थापा बन्ने

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

ट्रेन्डिङ

मेलम्ची बजारमा पहिरो : आठको मृत्यु, बरुवामा पहिरोले पुर्दा दम्पतीको मृत्यु

मेलम्ची । अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरीएका नौ कामदार मध्ये आठ जनाको शव फेला परेको छ । सोमबार बिहान आएको पहिरोले नौ कामदार...

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको आंशिक...

युनाइटेडसँग सान्चोको सर्त

लन्डन । इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमक्ष अनुबन्धको लागि सर्त राखेको छ । सान्चोले म्यानचेस्टर...

राष्ट्रिय राजमार्गकै १०० ठाउँमा क्षति

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका...

अतिक्रमणविरुद्ध आक्रामक बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी...

कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु

कालिकोट । कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको छ । रास्कोटदेखि यात्रु बाेकेर लालिघाटका लागि हिँडेको लु. २ ज ४१४१...

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो...

पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध

ललितपुर । रातो मच्छिद्रन्नाथको रथ भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेध गरेको छ । बिहीबार रथ तान्ने क्रममा...

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा अर्थविज्ञहरुसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार...

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

नियोग र दूतावास पुनर्संरचना नहुँदा राज्यलाई वार्षिक करोडौं व्ययभार

काठमाडौं । सरकारले विदेशस्थित कूटनीतिक नियोगको पुनर्संरचनाको काम अलपत्र पार्दा राज्यलाई बर्सेनि करोडौं रुपैयाँ व्ययभार पर्दै आइरहेको छ । कतिपय स्थानमा दूतावासको कामै नभए...

नयाँ गृहसचिवले सम्हाले कार्यभार : भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने प्रतिबद्धता

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानले बुधबारदेखि कार्यप्रारम्भ गरेका छन् । उनले बुधबार बिहान गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै काम थालेका हुन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)