माओवादी स्थायी कमिटी बैठक भोलि बिहान बस्ने

काठमाडौं । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिबेदन माथी छलफल गरेर अन्तिम रूप दिने लगायतका अजेन्डा रहेको थियो ।

भोली देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजेवाट सुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भए पछि सो बैठक भोली बिहान ८ बजे बस्ने भएको छ । स्थानिय तहको उपनिवार्चन परिणामवाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लडने घोषणा गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी