डा.रुइतलाई श्रीपती समाजसेवा पुरस्कार

पोखरा । डा. सन्दुक रुइत २ लाख राशिको श्रीपती समाजसेवा पुरस्कार–२०८१ बाट सम्मानित भएका छन् ।

शनिबार श्रीपती कोइराला गुठीको ३२ औं वार्षिक साधारण सभा अवसरमा गुठीद्वारा सञ्चालित सो पुरस्कारबाट डा. रुइतलाई सम्मान गरिएको हो । पुरस्कार राशि नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित दोसल्ला, सम्मानपत्र र पदक छ ।

तीलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशकसमेत रहेका उनी कम लागतमा मोतियाबिन्दु उपचारका लागि विश्वविख्यात चिकित्सा पद्दति रुइतेक्तोमिताका सुरुवातकर्तासमेत हुन् । उनले हालसम्म मोतियाबिन्दुका कैयौं बिरामीको शल्यक्रिया गरेर दृष्टि फर्काएका छन् ।

बहराइन सरकारबाट दृष्टिका संवाहक उपाधिसहित ईशा अवार्ड पाएका डा. रुइतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, रोमन म्यागासेसे पुरस्कार, थाइल्याण्ड, भुटानलगायतका पुरस्कार पाइसकेका छन् ।

यसअघि, सो पुरस्कार माइती नेपाल, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, पोखरालाई प्रदान गरिएको थियो ।

यसैबीच, सो अवसरमा सामाजिक पत्रकारिता पुरस्कारबाट पोखराका अग्रज पत्रकार नारायण कार्की सम्मानित भए । उनलाई नगद २२ हजार २२२ राशिसहित दोसला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

यसअघि, सो पुरस्कार पोखराकै अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई दिइएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै