केटी हराएको सुचनाको गीत सपनीमा सार्वजनिक

काठमाडौं । यस अघि प्रदर्शन स्थगित भएको नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब ११ माघमा रिलिज हुने भएको छ । चलचित्रको रिलिज मिति घोषणालागत्तै यो चलचित्रको गीत ‘सपनीमा…’को भिडियो एक समारोहबीच सार्वजनिक गरिएको छ ।

यो गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको संगीत सँयोजन छ ।

गीतमा यो चलचित्रका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठले अभिनय गरेका छन् । उनहरुको सपनाको रुपमा यो गीतलाई चलचित्रमा प्रदर्शन गर्न लागिएको निर्देशक दीपेन्द्र गौचनले गीत सार्वजनिक कार्यक्रममा जानकारी गराए । यसका निर्देशक दीपेन्द्र गौचनले संगीतप्रति आफ्नो लगाव पुरानै रहेकाले यो चलचित्रमा कथा सुहाउँदो गीत राखेको जिकिर गरे । गीतको भिडियोमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

कार्यक्रममा गायिका इन्दिराले फिल्मले तराईको पात्रलाई हिरोको रुपमा स्थापित गराएको भन्दै तराईको कथालाई चलचित्रमा समेटिएकोमा खुसी व्यक्त गरिन् । गायक करणले पहिलो पटक चलचित्रमा पाश्र्व गायन गर्न पाउँदा नयाँ अनुभव भएको बताए ।

गीतकार र संगीतकार करुणले निर्देशक दीपैन्द्र गौचन आफ्ना पुराना साथी भएकोले उनको अुनरोधमा दुई दशकपछि यो गीतबाट चलचित्र गीत लेखनमा फर्केको बताए ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको यो चलचित्रमार्फत दुई दशकपछि नेपाली चलचित्र निर्देशनमा दीपेन्द्र गौचन फर्किएका हुन् । उनले ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’को निर्देशन गरेर विश्वव्यापी चलचित्र कमाएका थिए ।

यो चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्र केटी हराएको सूचनामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता छन् । यसमा दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको स्क्रिप्ट छ ।

यसमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)