कानुन अभावकै कारण देश गरिब बन्यो: पुर्व मन्त्री गुरुङ

स्याङ्जा । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले कानुन अभावका कारण मुलुक गरिब बनेको तर्क गरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको नेपाली काँग्रेसको सयदिने बिशेष अभियानको उद्घाटन गर्दै मुलुकमा ४ कानुन नयाँ बनाउन सके राजस्वमा बृद्धि हुने तर्क पेश गरे । कानुन अभावकै कारण मुलुकमा राजस्व बृद्धि गर्न नसकिएको दावी उपसभापति गुरुङ्को छ ।

अबैध कारोवारलाईलाई बैधानिक, जडिबुटी सम्वन्धी, घरेलु मदिरा र गाँजा सम्वन्धी नयाँ कानुन बनाउन सकियो भने १७ खर्बबाट २५ खर्ब राजस्व बनाउन सकिने उपसभापति गुरुङ्को तर्क छ । पुर्व कानुनमन्त्री समेत रहेका गुरुङ्ले आफु कानुन मन्त्री हुँदा सम्वन्धित मन्त्रलायलाई कानुन मस्यौदा नपठाउदा कानुन बनाउन नसकेको बताए । देशको आर्थिक पाटो सुधार्ने हो भने कानुन निर्माणकै आवश्यकता रहेको उनको भनाई थियो ।

पाँचसय र हजारको नोटबन्दी गरी बैकिङ् प्रणाली मार्फत कारोवार गर्नुपर्ने, नेपालको जंगलमा रहेका काठको प्रयोग गर्नुपर्ने, घरेलु मदिरा उत्पादनलाई प्रथामिकता दिनुपर्ने र गाँजा खेतीका बिषयमा प्रष्ट कानुन बनाएर अगाडी सार्ने हो भने देशले छिट्टै आर्थिक फड्को मार्ने उपसभापति गुरुङ्ले सुझाव दिए । कानुन अभावकै कारण करोडौ काठ बाहिरबाट आयत गरिएको छ पुर्व कानुनमन्त्री गुरुङ्ले भने,‘नेपाली काठ प्रष्ट कानुन नहुँदा कुहिएर खेरा गइरहेको छ ।’ बाहिरी काठ रोकेर नेपाली जंगलकै काठ प्रयोग गर्न सके राजस्वमा बृद्धि हुन्छ उनले भने ।

घरेलु मदिरालाई अनुमति दिने कानुन बनाएर नेपाली मदिरालाई ब्रान्डिङ गर्न सके थप दुई खर्ब राजस्व थप हुने र गाँजा खेती सम्बन्धि कानुन बनाउन सके थप दुई खर्ब राजस्व थप हुने गुरुङ्को भनाई थियो । नेपालको समृद्धि नहुँनुमा कानुन नै बाधक रहेको उपसभापति गुरुङ्को दावी छ । अर्कोतर्फ सरकारले ठेकेदारलाई पैसा नदिदा अलपत्र परेका योजनाको दोष जनप्रतिनिधिले लिनुपरेको बताए । सरकारसगँ बजेट छैन उपसभापति गुरुङ्ले भने,‘पैसाको अभावमा योजना अलपत्र छन्, दोष हामीले लिनुपरेको छ ।’ अब बजेटको श्रोत सुनिश्चित नगरी योजनाको टेण्डर नगरौं उनले भने ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले सरकारले नागरिकको भावना अनुसार काम गर्न सुझाव दिएका थिए । बजेट अभावको बाहानामा योजनाहरु अलपत्र पार्नुभन्दा जनताको आवश्यकताका आधारमा योजनाहरु सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन सरकारलाई आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी