प्रचण्डको ‘जालझेल र दाउपेच’का कारण एमाले–कांग्रेस गठबन्धन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको जालझेल र दाउपेचको राजनीतिका कारण एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार गठन गर्नुपरेको प्रस्टीकरण दिएका छन् ।

एमालेको आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख छ । प्रतिवेदनमा ओलीले माओवादी केन्द्रसँग भएको सहकार्यदेखि टुटेको सम्बन्धका ’boutमा व्याख्यासहित केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका छन् ।

नयाँ गठबन्धन’bout ओलीले प्रतिवेदनमा लेखेका छन्, ‘गत २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न र सही राजनीतिक निकास दिन नसकेको विश्लेषण हामीले त्यतिबेलै गरिसकेका छौं । मुलुकले दिगो राजनीतिक स्थायित्वको माग गरिरहेको तर निर्वाचनको परिणाम भने अस्थिरतालाई टेवा पु¥याउने खालको रह्यो ।

राष्ट्रिय शक्तिहरू निर्णायक अवस्थामा हुनुपर्ने समयको खाँचो रहेको तर परिणाममा भने ती शक्ति सापेक्षित रूपमा कमजोर हुन पुगेको हाम्रो निष्कर्ष सही थियो । तर पनि जनताको अभिमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये हामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री प्रस्तावित गरेर नयाँ समीकरण निर्माण गरेका थियौं ।’

ओलीले माओवादीसँग सरकार बन्नुभन्दा अगाडि कांग्रेससँग समीकरणका लागि प्रयास गरेको लुकाएका छैनन् । उनले भनेका छन्, ‘यद्यपि, यसअघि नै हामीले नेपाली कांग्रेससँग राजनीतिक स्थायित्वका लागि दुई मुख्य दल सहकार्यका साथ अगाडि बढौं भन्ने प्रस्ताव राखिसकेका थियौं, त्यो प्रस्ताव कार्यान्वयन हुन नसकेपछिको बाध्यात्मक विकल्पका रूपमा यसलाई छनोट गरिएको थियो ।’

प्रचण्ड नेतृत्वको सरकार बनाउनका लागि पहल गरेको भए पनि अन्तिममा धोका दिएको ओलीको निष्कर्ष छ । उनले भनेका छन्, ‘तर, प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै ‘प्रचण्ड’बाट आफ्नो पुरानै चरित्र प्रदर्शन हुन थाल्यो । राष्ट्रपतिको निर्वाचनको बिन्दुसम्म आइपुग्दा त माओवादी केन्द्र दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरूको दबाबसामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था हुँदैनथ्यो । हामी सरकारबाट बाहिरियौं र प्रतिपक्षका रूपमा हामीले ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’जस्ता विशाल जनपरिचालन ग¥यौं ।’

सरकारबाट बाहिरिएपछि पनि भ्रष्टाचार र पार्टीविरोधी कामको भण्डाफोर गरिरहेको उनले जनाएका छन् । ‘साथै, सुन तस्करी, ललिता निवासजस्ता ठूला भ्रष्टाचार काण्डमा तत्कालीन सरकारको संलग्नता र संरक्षणका विरुद्ध संसद्भित्र र बाहिर व्यापक भण्डाफोर गर्ने काम अगाडि बढायौं । विपक्षका विरुद्ध सुरु गरिएको मिथ्या प्रचार र घेराबन्दीको प्रतिवाद ग¥यौं । त्यतिबेला हाम्रो समग्र ध्यान पार्टीलाई वैचारिक, संठनात्मक र जनसम्बन्धका दृष्टिले सशक्त र गतिशील बनाउँदै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने विषयमा केन्द्रित थियो,’ उनले भनेका छन् ।

प्रचण्डका कारण देशभित्र र बाह्य सबन्धमा दरार उत्पन्न हुन थालेपछि नयाँ गठबन्धनका लागि प्रयास सुरु भएको ओलीले जनाएका छन् । ‘तर, तत्कालीन सरकारका गलत क्रियाकलापका कारण बाह्य सम्बन्धमा झनै ठूलो विचलन आउन थाल्यो । समाजमा चरम नैराश्य देखा पर्न थाल्यो । तत्कालीन प्रधानमन्त्रीमा स्वयं सामाजिक सद्भावलाई बिथोल्न र अतिवादलाई बढावा दिन थालेका तथ्यहरू प्रकट हुन थाले ।

परिवर्तनविरोधी शक्तिहरू खुलेआम संविधानलाई चुनौती दिँदै लोकतान्त्रिक गणतन्त्रको विरोधमा उत्रिने र दिनै तोकेर ‘राजा फर्काउने’ अभिव्यक्ति दिन थाले । हामी पार्टी संगठनमा केन्द्रित भइरहने तर मुलुकको परिस्थिति झनै प्रतिकूल हुँदै जान थालेपछि राष्ट्रिय राजनीतिमा नयाँ हस्तक्षेप गर्नुपर्ने र परिस्थितिलाई सापेक्ष अनुकूलतामा फर्काउनुपर्ने आवश्यकता पैदा भयो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, तत्कालीन प्रधानमन्त्रीबाट निरन्तर दाउपेचको खेती चलिरह्यो । एकातिर नेकपा एमालेलाई राष्ट्रिय महत्वका विषयमा निर्णय प्रक्रियाबाट अलग्याउँदै जाने, अर्कातिर सत्ता समीकरणका लागि अन्य दलहरूसँग समानान्तर रूपमा गुप्त परामर्श गरिरहने काम भइरहे । भ्रष्टाचारविरुद्धका कारबाहीलाई समेत आफ्नो दलगत स्वार्थका लागि दुरुपयोग गर्ने काम भई नै रहे ।

आफूसँग संसद्भित्र जादुको नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाइरहने भन्दै दिइएको सार्वजनिक अभिव्यक्ति र कहिलेकाहीँ पार्टी सानो हुनु पनि फाइदाको विषय हुने, त्यसैले पार्टी सानो भयो भनेर कार्यकर्ताले चिन्ता गर्न नपर्ने भन्दै गरिएको टिप्पणी संसदीय मूल्यमान्यताको उपहास, अस्थिरताको दुराशय एवं राजनीतिक अवसरवाद र सत्तालिप्साको कुरूप तस्बिर थियो । यस्तै, अभिव्यक्ति र आचरणका कारण लोकतान्त्रिक गणतन्त्रका विरुद्ध पश्चगामी शक्तिहरूले खुलेआम गतिविधि गर्ने दुस्साहस जुटाएका थिए ।’

उनले नयाँ गठबन्धन बन्नुअगाडिको पृष्ठभूमि जोड्दै भनेका छन्, ‘यसै सिलसिलामा २०८१ असारको दोस्रो सातातिर ‘राष्ट्रिय सहमतिको सरकार’को नयाँ आवरणमा ‘प्रचण्ड’बाट नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुन प्रस्ताव गरियो । खासमा, यो ‘उपयोग गर्ने र फ्याँक्ने’ पुरानै प्रयोगको नयाँ स्वरूप थियो र यसले मुलुकलाई थप अप्ठ्यारोमा मात्रै पार्दथ्यो । नेपाली कांग्रेसका नेताहरूले त्यसलाई अस्वीकार गरे र ‘प्रचण्ड’को मनोविज्ञान, दाउपेच र कदमका ’boutमा नेकपा (एमाले)लाई जानकारी दिए । डेढ वर्षको अवधिमा दुई–दुईपटक प्रधानमन्त्री बनाउन निर्णायक भूमिका एमालेले ‘प्रचण्ड’का पछिल्ला गतिविधि र भित्री दाउपेच’bout तत्कालीन प्रतिपक्षबाट जानकारी पाउनुपर्ने अवस्था आफंैमा मुलुकमा व्याप्त राजनीतिक बेथिति र विकृतिको चरम नमुना थियो ।’

उनले केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठको राजनीतिक प्रतिवेदन पनि पेस गरेका छन् । अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले ३–३ मिनेट धारणा राख्नेछन् ।

माओवादीले भ्रम फैलायो, राजावादीको अवस्था झनै नाजुक
बैठकमा ओलीले पेस गरेको प्रतिवेदनमा १६ मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनका ’boutमा पनि उल्लेख गरेका छन् । ओलीले सो उपनिर्वाचनको परिणाम पार्टीका लागि उपलब्धिपूर्ण भएको उल्लेख गरेका छन् ।

‘निर्वाचनमा नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्षसहित ८ स्थानमा जित हासिल ग¥यो । हामीले जितेका सातवटा वडा रिक्त भएको अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत समग्रमा ८ स्थानमा हासिल गरेको विजय थप हाम्रा लागि उपलब्धिपूर्ण र सकारात्मक मान्नुपर्छ,’ ओलीले भनेका छन् ।

एमालेले प्राप्त गरेको परिणाम अपेक्षाभन्दा कम भएको ओलीको प्रतिवेदनमा उल्लेख छ । विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु, कीर्तिपुरजस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई गम्भीरतापूर्वक लिनुपर्ने ओलीको प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो प्रतिवेदनमा ओलीले उपनिर्वाचनको परिणामपछि माओवादी केन्द्रले जनतामा भ्रम फैलाउने काम गरेको उल्लेख गरेका छन् । उनले माओवादी पहिलो भयो र ह्वात्तै मत बढायो भन्ने भ्रम माओवादीले फैलाएको जिकिर गरेका छन् । ‘यस उपनिर्वाचन परिणामलाई लिएर नेकपा माओवादी केन्द्रले एउटा भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको छ, आफ्नो दल पहिलो भएको र लोकप्रिय मत ह्वात्तै बढेको आदि । माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो तर हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएका ठाउँमा अहिले प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो,’ ओलीले प्रतिवेदनमा भनेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले उपनिर्वाचनले राजतन्त्र पक्षधरहरूको जनमत झनै कमजोर बनेको पुष्टि भएको जिकिर गरेका छन् । ‘७७ जिल्ला समन्वय समिति र ७ सय ५३ पालिकाका कुल ८ हजार ४ सय ३ जनप्रतिनिधिमध्ये ४४ पदमा निर्वाचन भएको र कुल २ लाख २६ हजार ७ सय ९९ मतदाता (१ दशमलव २६ प्रतिशत)ले मतदान गरेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलन र भविष्यको निर्वाचनको ठूलो पूर्वानुमान गर्दैन । तर पनि २०७९ सालको तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरूको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरूको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ,’ ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

गुटबन्दी र अराजकता स्वीकार्य नहुने
ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताएका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कामले पार्टीलाई बलियो नहुने बताए ।

‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन, बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ,’ अध्यक्ष ओलीले भने ।

ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह पनि गरे । ‘पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको छ,’ ओलीले प्रतिवेदनमा भनेका छन् । उनले विरोधीहरूले लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न पनि निर्देशन दिएका छन् ।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नुहुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोप’bout तथ्यका आधारमा खण्डन गर्नुपर्छ,’ ओलीले प्रतिवेदनमा भनेका छन् । उनले सबै संगठन उत्साहित भएर व्यक्ति–व्यक्ति र घरघरमा पुग्नुपर्ने पनि बताए ।

अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले ताइवानमा तनाव
एमालेले विगतमा आफैंले स्विकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाले दोहोरो र उत्तेजनात्मक भूमिका खेलेको आरोप लगाएको छ । अमेरिकाको भूमिकाकै कारण अहिले ताइवानमा तनाव बढाइरहेको एमालेको आरोप छ ।

‘एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रीकृत गर्ने र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्व शान्ति र क्षेत्रीय स्थायित्वका लागि हानिकारक हुन् । त्यस्ता क्रियाकलापहरू तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ,’ ओलीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उता, ओलीले म्यानमारमा लोकतन्त्रको तत्काल बहालीको पक्षमा एमाले रहेको उल्लेख गरेका छन् । त्यस’bout ओलीले भनेका छन्, ‘जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन ।’

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल