चलचित्र विकास बोर्ड अध्यक्षको अभिव्यक्तिप्रति दोलखालीको आपत्ति

दोलखा । दोलखामा डाङडुगे डाँडामा बन्दै गरेको फिल्म सिटी नबनाउने भन्दै बिगत सरकारको योजनालाई खिल्ली उडाउने चलचित्र विकास बोर्ड अध्यक्षको अभिव्यक्तिप्रति दोलखालीको आपत्ति जनाएका छन् ।

३ बर्षे जागिरेका रूपमा चलचित्र विकास बोडको अध्यक्ष बनेका दिनेश डिसीले बाह्रखरीअनलाइनमा अन्तर्वार्ता दिदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न सक्ने काम गर्नु भनेकोले दोलखामा फिल्म सिटी बन्दैन, बनाउने पहल पनि गर्दिन भनेको विषयमा दोलखालीले आपत्ति जनाएका हुन ।

हिजो आइतबार दोलखा चेम्बर अफ कर्मसको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य बिष्णु श्रेष्ठले नेपाल सरकारले ३५ करोड लगानी गरि भौतिक संरचना ,सडक, बति, निमार्ण गरि सकेको स्थानमा फिल्म सिटि बन्दैन , बनाउने पहल पनि गर्दिन भन्ने चलचित्र बोर्डको अध्यक्ष दिनेश डिसीको अभिव्यक्तिप्रती भत्सर्ना गरेकाछन ।

सिन्धुपाल्चोकवासी र दोलखाली नागरिकको भाग्य र भविष्यसंग जोडिएको गौरव आयोजना रोक्न आउने गद्दारलाई पदामा बस्ने नैतिक जिम्मेवारी नरहेको श्रेष्ठले दाबी गरे।

नेपाल सरकारको योजनालाई उपहास गर्ने डिसीले तत्काल पदबाट राजिना दिनुपर्छ श्रेष्ठले भने ” मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन तत्कालीन सूचना तथा सञ्चार मन्त्री महोनबहादुर बस्नेतले सिलान्यास गरेका थिए ।

बर्तमान सरकारले नेपाली कांग्रेसका नेताले सिलान्यास गरेको भन्दै असफल बजाउन खोजेको हो भन्ने आन्दोलनको आँधीबेरी सिर्जना गर्न जिल्लावासी तयार रहेको नागरिक समाज दोलखाले चेतावनी दिएको छ।विकासमा राजनीति नगर्न नागरिक समाजले अपिल समेत गरेको छ। चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशिका बनाई १५ सय रोपनीभन्दा बढी क्षेत्रफल रहेको क्षेत्रमा फिल्म सिटी बनाउन सुरू गरेको श्रेष्ठले बताए ।

प्राकृतिक सौन्दर्यता र इनडोर स्टुडियोको लागि समेत यो स्थानमा फिल्म सिटी उपयुक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाएकोमा बर्तमान सरकारले उपेक्षा गरेको श्रेष्ठले ठोकुवा गरे ।

उच्च पहाडी स्थानमा रहेको दूर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरु बढी हुने समेत बताएकोछ । यहाँबाट देखिने हिमालय श्रृंखला, अनेक थरी लालीगुँराससहितको फूल, चट्टान, खोला नाला र हरियालीले फिल्मसिटीलाई प्राकृतिक रुपमा समेत साथ दिने जानकारहरू बताउछन। दोलखामा बन्न लागेको फिल्म सिटी सरकारी उपेक्षाको सिकार बन्न नदिने नागरिक समाज दोलखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बेलौरी नगरपालिकाकाे मेयरमा चौधरी पुनः निर्वाचित