‘विराटले तोड्न सक्छन् सचिनको १ सय शतकको रेकर्ड’

मेलबर्न । अस्ट्रेलियाका पूर्वखेलाडी बे्रट लीका अनुसार टिम इन्डियाका कप्तान विराट कोहलीले मास्टर ब्लास्टर सचिन तेन्दुलकरको १ सय सतकको रेकर्ड तोडन सक्छन् । तेन्दुलकरलाई मानिसले क्रिकेटका भगवान्समेत भन्छन् । उनी विश्वकै उत्कृष्ट ब्याट्म्यानका रूपमा गनिन्छन् । जसले १ सय इन्टरनेसनल सतक प्रहार गरेर रेकर्ड बनाएका छन् । सचिनले ५१ टेस्ट र ४९ वान डे इन्टरनेसनल सतक प्रहार गरेका छन् ।

लीले विराटको त्यो क्षमता रहेको बताए । जसका कारण उनले तेन्दुलरकरको १ सय सतकको रेकर्डलाई पछाडि पारिदिन सक्छन् । ब्रेट लीले स्टार स्पोर्टसको क्रिकेट कनेक्टेड सोमा भने, ‘हामी यो सानदार रेकर्डको विषयमा कुरा गरिरहेका छौं । विगत साता÷आठ वर्षको क्रिकेट करियर भएका विराट अगाडि बढिरहेका छन् । उसलाई देख्दा लाग्छ कि यो रेकर्ड उनले हासिल गर्न सक्छन् ।’ अस्ट्रेलियाका लागि ७६ टेस्ट , २ सय २१ वान डे इन्टनेसनल र २५ टी २० इन्टरनेसनल म्याच खेलेका लीका अनुसार सचिनको रेकर्ड तोड्न अब सहज भने नरहेको बताए ।

उनले भने, ‘तर, यो निश्चित रूपमा भन्न सकिन्छ कि कोही न कोही त सचिनभन्दा अगाडि बढ्नेछ । के उनी भगवान् हुन् वा कसैले भगवानभन्दा उत्कृष्ट गर्न सक्छन् । हामी पर्खिरहेका छौं ।’ सचिनले २ सय टेस्ट म्याचमा १५ हजार ९ सय २१ रन र ४ सय ६३ वानडे इन्टरनेसनल म्याचमा १८ हजार ४ सय २६ रन जोडेका छन् । सचिवनले शुक्रबार २४ अप्रिलका दिन ४७औं जन्मदिन मनाए ।

कोहलीले वान डेमा अहिलेसम्म ४४ र टेस्टमा २७ सतक प्रहार गरेका छन् । उनी सचिनभन्दा २९ सतकले पछाडि छन् ।

लीका अनुसार कोहलीमा तीन यस्ता खुबी छन्, जसका कारण उनले क्रिकेटका भगवान् सचिवनको रेकर्ड तोड्न सक्छन् । बे्रट लीले भने, ‘पहिलो चिज हो ट्यालेन्ट । निश्चित रूपमा उनीसँग त्यो प्रतिभा छ । जुन एक खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण चिज हो । त्यसपछि फिटनेस आउँछ । उनी फिट छन्, पहिलो चिज हो ट्यालेन्ट । निश्चित रूपमा उनीसँग त्यो प्रतिभा छ । जुन एक खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण चिज हो । त्यसपछि फिटनेस आउँछ । उनी फिट छन् र ३० वर्षको उमेरमा उनी मानसिक रूपमा पनि निकै फिट देखिन्छन् । अर्काे हो, घर, श्रीमती र बच्चा भएपछि टाठा रहँदा मानसिक रूपमा फिट हुन आवश्यक हुन्छ ।’ उनले भने, ‘यदि उनी यसरी नै मानसिक रूपमा फिट रहे भने मलाई लाग्छ, उनको यही तीन गुणले सचिनको रेकर्डलाई पछाडि पारिदिनेछ ।’

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसमा आज कत्लकी रात : रक्सि, मासु र पैसाले नतिजा उल्टिन सक्छ