गायक कवीन्द्र मास्क र सेनिटाइजर बाँड्न व्यस्त

काठमाडौं । कोरोना संक्रमणबाट जोगिन गायक तथा संगीतकार कवीन्द्र श्रेष्ठले आफ्नो तर्फबाट मास्क तथा सेनिटाइजर वितरण सहयोगलाई निरन्तरता दिँदै आएका छन् । सर्वसाधारणका लागि यस्तो सामग्री वितरण गर्दै आएका गायक कवीन्द्रले मिलेर बूढानीलकण्ठ नगरपालिका–४ का वडाध्यक्ष राजु खड्कामार्फत पासिकोटस्थित वडा कार्यालयमा मास्क तथा सेनिटाइजर सहयोग गरेका छन् ।

उनले सो वडालाई १० लिटर सेनिटाइजर र ५ सय थान मास्क सहयोग गरेका हुन् । अरू वडा कार्यालयमा पनि सो सहयोग प्रदान गर्दै जाने उनले बताएका छन् । मास्क तथा सेनिटाइजरको आवश्यकता पनि बढिरहेको अवस्थामा ‘आफू पनि बचांै, अरूलाई पनि बचाऔ’ भन्ने मूल उद्देश्यले आफूले साथी राम लामा थोकरसँग मिलेर यस्तो सहयोग प्रदान गर्दै आएको कवीन्द्रले बताए ।

डाँडामा मेला लागेछ कान्छीले बोलाई रहेछ…., रिमझिम रिमझि…, जब मैले…जस्ता दर्जनौं हिट गीत श्रोतामाझ ल्याएका कवीन्द्र कलाकारसँग सामाजिक अभियान्ताका रूपमा पनि सक्रिय छन् ।

नयाँ गीतिसंग्रह ल्याउने तयारीमा रहेका उनी लकडाउनका कारण अहिले गीत रेकर्ड गर्न आफूले न सकेको बताउँछन् । यो लकडाउन र कोरोना संक्रमणको अवधिभरि सामाजिक कार्यमा सक्रिय रहने र त्यसपछि बल्ल गीतसंगीत सिर्जनामा लाग्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन