प्रविधिको दुरूपयोग गरि बदनाम गरियो : रजिस्ट्रार यादव

वीरगंज। मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले प्रविधीको दुरुपयोग गरी आफु र आफु कार्यरत संस्थालाई बिबादमा ल्याउने काम भएकोमा यस घटनाले आफुलाई मर्माहित बनाएको बताउनु भएको छ ।

आर्टिफिसियल इन्टिलिजेन्स (ए.आई)को जमानामा कसैको फोटोसँग कसैको फोटो जोडनु कुनै अनौठो कुरा नभएको भन्दै बिशुद्ध आफु बिरूद्ध केही व्यक्ति सुनियोजित तवरमा लागेको यादवको कथन रहेको छ ।

व्हाट्सएपमा कस्ले कस्को बिरूद्ध च्याट गर्छ र सामाजिक सञ्जालमा बदनाम गर्ने हेतुले पोस्ट गर्छ त्यो आफ्नो चासोको बिषय नभएको भन्दै विगत केही दिनदेखि पुरानो झिना मसिना बिषयलाई लिएर उपकुलपति डा. दीपक शाक्य र मधेश विश्वविद्यालयलाई जबरदस्ती मुच्छेर बिबादमा ल्याउने काम दुर्भाग्यपूर्ण भएको रजिस्ट्रार विजय यादवले बताए ।

अचेलको जमानामा कोहीसँग हाँसेर बोल्दैमा कतै घुम्नकाको लागि जाँदैमा त्यो समाचारको बिषय बन्नु आफैमा ‘कफीको कपमा तुफान’ खडा गर्नु जस्तै भएको यादवको भनाई रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी