पुस २४ देखि नेपाल एकीकरणको इतिहास सम्झाउने निशान पदयात्रा

इलाम । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको बाटो संरक्षणका लागि निसान पदयात्रा गरिने भएको छ । पुस २४ देखि २६ सम्म हुने निसान पदयात्रालाई महोत्सवका रूपमा तयारी पुरा भइसकेको हो ।

पद यात्राको शुभारम्भमा नेपाली सेनाले नेपाल एकीकरण गर्दाको तत्कालीन सेनाको ड्रेस र त्यस बेला प्रयोग भएको हतियारको झल्को दिने गरी कार्यक्रमको तयारी गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले एकीकरणको बेला सेनाको कालो ड्रेस, पटुकी सहित खुँडा, खुकुरी सहित देखाउने १० जनाको टिम र पाँच जना ब्यान्डका लागि तयारी गरिएको बताए ।

२४ गते सूर्योदय नगरपालिकाको मेची बजारबाट शुभारम्भ भएको पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णेडाँडामा आएर बास बस्ने तयारी छ । पुस २५ मा पूूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने र उद्घाटनपछि पुन सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्तीटार आएर बास बस्ने छ । २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माई बेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माई स्थानमा आउने कार्यक्रम तय भएको थापाको भनाइ छ ।

सूर्योदय नगरपालिकाले पहिलो दिनको पद यात्राको सम्पूर्ण तयारी गरिसकेको छ । २४ गते मेची बजारबाट सुरु भएर पूर्णे डाँडा सम्म आउने निसान पदमार्गको सम्पूर्ण तयारी भइसकेको जनाएको हो । माइजोगमाई गाउँपालिका वडा ४ ले निसान पदयात्रीको व्यवस्थापनका लागि विभिन्न तयारी गरिरहेको छ । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ र सबै पूर्वाधार तयार गरिएको हो । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शनलगायतको तयारी भएको स्थानीय सुरेश भट्टराईले जानकारी दिए । वडाध्यक्ष डुरन देवान संयोजकत्वमा पदयात्राको स्थानीय व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ ।

यता हाल निसान राखिएको इलाम नगरपालिकाले पनि बाटो मर्मतको काम भइसकेको जनाएको छ २६ । गते सदरमुकाम आइपुग्ने पदयात्रीहरुको स्वागतका लागि हरित नगर इलामलाई जिम्मा दिइसकेको छ भने पद यात्राका क्रममा आइपर्ने समस्याका लागि नगरपालिकाको एम्बुलेन्स र स्वास्थ्य कर्मी समेत तयारी राखिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खण्ड्काले बताए ।

नेपाल एकीकरण गर्दै जाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भयो । नेपाल एकीकरण गर्दै जाँदा नेपाली सेनाका तत्कालीन श्रीनाथ सिंह पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाडेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।

तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । पदयात्रामा करिब सय पदयात्री सहभागी हुनेछन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् ।

यो पदयात्राले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको इतिहासलाई सम्झाउने र निसान मार्गको विकास गर्ने लक्षका साथ आयोजना गरिएको छ । त्यस बेला पूर्वी सीमा टिस्टाबाट फर्काइएका निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माइस्थान ल्याइएको थियो । निसान पदमार्ग करिब ४१.१ किलोमिटरको हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते