प्रकाश सपुतको वसन्त चैत २२ मा

काठमाडौं । अभिनेता तथा निर्देशक प्रकाश सपूतले आफ्नो चलचित्र ‘वसन्त’को फस्ट लुक्स (पोस्टर) सहित प्रदर्शन मिति सार्वजनिक गरेका छन् । यो चलचित्रलाई आगामी २२ चैतबाट नेपालसहित विश्वव्यापी रुपमा रिलिज

प्रकाश आफ्नै लेखन तथा निर्देशक रहेको यो चलचित्रको पोस्टरमा पनि उनी आफैं प्रस्तुत छन् । जसमा प्रकाशलाई पढनदास पात्रको रुपमा देखाईएको छ । बाँकी कलाकारलाई समेटेर अरु पोष्टर चाँडै सार्वजनिक गर्ने पनि प्रकाश सपुतले बताएका छन् ।

वसन्तमा प्रकाशकै लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीत रहेको छ । आफुले यो चलचित्रको यतिधेरै जिम्मेवारी बोकेका कारण अरु केही चलचित्रको काम छाड्नु परेको उनले बताएका छन् ।

वसन्तमा प्रकाशसँगै स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेलगायतका कलाकारको अभिनय छ । आफ्ना यस अघिका दुई चलचित्र परदेशी २ र पूर्णबहादुुरको सारंगी बक्स अफिसमा सफल भएपछि यसपटक आफु वसन्तमा निर्देशकसँगै अभिनेता र निर्माताको रुपमा पनि उत्रिएको प्रकाशले बताएका छन् ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्रमा मोहन विश्वकर्मा र विन्दू बोहरा निर्माता छन् । यसको कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता