प्रथम मध्यनेपाल महोत्सवको तयारी पूरा, भोलि उदघाटन

लमजुङ । लमजुङमा आयोजना गरिएको प्रथम मध्यनेपाल महोत्सवको तयारी पुरा भएको छ । मध्यनेपाल नगथरपालिका– ४ को रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको उक्त महोत्सवको भोलि पुस २४ गते उदघाटन गरिने भएको छ । महोत्सवको ५० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।

नौ दिने सो महोत्सवको आयोजक लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल इकाई समितिले संयोजन गरिरहेको छ । तर महोत्सव भने पालिका भरको भएको महोत्सव आयोजक मूल समितिका संयोजक एवम् आयोजक इकाईका अध्यक्ष रमेशचन्द्र भट्टरार्ईले बताए । उनका अनुसार महोत्सव यही पुस २४ गतेदेखि माघ ४ गतेसम्म रम्घा दुईपिप्ले बजारमा हुने छ । उनले भने, ‘सो महोत्सवको संरक्षक मध्यनेपाल नगरपालिका रहेको छ ।’

‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको जनाएको छ । १० दिने सो महोत्सवमा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलोको देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सव आयोजक मूल समितिका संयोजक एवम् आयोजक इकाईका अध्यक्ष भट्टरार्ईले बताए ।

उनका अनुसार महोत्सव अवधिमा एक करोडको कारोबार हुने, महात्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । उनले भने, ‘स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव आयोजना गर्न लागिएको हो ।’

यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सबमा प्राथमिकता दिने प्रचारप्रसार समितिका संयोजक कविराम श्रेष्ठले बताए । उनका अनुसार जिल्लामा आयोजना गरिने अन्य महोत्सवहरू पछिल्ला वर्षमा ठेकेदारलाई जिम्मा दिएर आयोजक र स्थानीय कला सँस्कृति, उद्योग व्यापार प्रबर्धन जस्ता कार्य ओझेलमा पार्ने प्रयासका विरुद्ध आफूहरू उभिएको उनले बताएका छन् ।

उनले भने, ‘महोत्सव सफल बनाउनका लागि १५१ नजाको मूल आयोजक समिति गठन गर्नुका साथै ११ जनाको सल्लाहकार समिति तथा १६ वटा विभिन्न उपसमिति गठन गरी तिनलाई आआफ्नो जिम्मेवारीको काम तदारुकताका साथ काम गर्न लगाएको प्रचार संयोजक श्रेष्ठको भनाइ छ । उनले भने, ‘मध्यनेपाल नगरपालिका– ४ को रम्घा दुईपिप्ले महोत्सव स्थल भए पनि महोत्सवमा सम्पूर्ण पालिकाभरको प्रतिनिधित्व र अपनत्व हुने गरी काम थालिएको र त्यसरी गरिने छ ।’

महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु– घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन गराउने कार्यक्रम रहेको स्थानीय कला संस्कृति उपसमितिका संयोजक राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिने छ ।

उनले भने, ‘साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको महोत्सवमा प्रस्तुतिका लागि तयारी गरिएको छ ।’

यो पहिलो महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गरी आगामी वर्षमा गरिने दोस्रो, तेस्रो महोत्सवका आधारस्तम्भ निर्माण गर्न समेत आफूहरू लागेको सल्लाहकार समितिका संयोजक रामबहादुर श्रेष्ठको भनाइ छ । उनका अनुसार हाम्रो यो अभियानमा साथ सहयोग दिन सबै पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत सबैसँग अनुरोध गरेका छौं ।

महोत्सवका लागि कुल १ सय २० वटा निर्माण गरिएको र सबै स्टल बुक भइसकेको स्टल तथा स्टेज निर्माण समितिका संयोजक चन्द्रबहादुर श्रेष्ठले बताए र उनका अनुसार कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ ।

उक्त महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको महोत्सवका प्रवक्ता तथा वडानं– ५ का अध्यक्ष ओमबीर गुरुङले बताएका छन् । उनका अनुसार महोत्सव अवधिमा एक करोडको कारोबार हुने आंकलन गरिएको छ । उनले भने ‘मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ ।’

लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको पहिलो महोत्सवले धेरै उपलब्धि दिने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्ष भट्टराईले बताए ।

लमजुङ जिल्लामा मस्र्याङदी गाउँपालिकापछि पालिकास्तरीय महोत्सवको आयोजना गर्ने मध्यनेपाल नगरपालिका जिल्लाको दोस्रो पालिका हो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेनु दाहाललाई ११ हजार बढीको अग्रता