बारा । प्रादेशिक अस्पताल कलैया आफै विरामी परेको छ । अस्पताल आउने विरामीहरुलाई उपचार दिनुको साटो आफै विरामी भएको रहस्य बाहिरिएको छ । नेपाल सरकारको स्थायी, अस्पताल विकास समितिको करारमा, निक साइमंस, ओसिएमसीलगायतका संस्थाबाट लगभग एक सय भन्दा बढी कर्मचारी कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रादेशिक अस्पताल कलैयामा प्राय गरिव असाहय वर्गको विरामीहरु उपचारको लागि आउने गरेको सोच नै बनिसकेको छ । तर सरकारले जबदेखि स्वास्थ्य बिमा लागू गरेको छ हरेक तह तप्काका विरामीहरु सरकारी अस्तालमा उपचारको लागि आउने गरेको तथ्याङ्कले देखाउँछ ।
सरकारी अस्पतालमा कार्यरत रहेका त्यही डाक्टरहरु बाहिर निजी क्लिनिकमा बस्ने गरेको पाईन्छ । सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु कुनै मापदण्डको पालना गरेको देखिदैन ।
डाक्टरलाई विरामीहरुले भगवान मानेर उपचारको आशा लिएर आउने गरेका छन् । एउटै डाक्टर सरकारीमा बसे प्रभावकारी उपचार नगर्ने, तर निजि क्लिनिकमा कमिशन आउने भएकोले त्यही विरामीहरुलाई सन्तुष्ट गरेको भेटिन्छ ।
यसले के दर्शाउछ भने सरकारले जारी गरेको स्वास्थ्य बिमा पहुच भएकाहरुको लागि मात्र रहेको बुझिन्छ । स्वास्थ्य बिमाले नहुनेको लागि उपचारमा सहजता ल्याए पनि सरकारी अस्पतालहरुको लापरवाहीले निमुखा जनताहरु उपचार नपाएर मर्न बाध्य छन् ।
प्रश्न उठछ निजी क्लिनिकको अनुगमन किन हुँदैन ? पहुचवाला राजनितिक दल किन बोल्दैनन ? भन्ने प्रश्नमा नागरिक समाजका अध्यक्ष उमेशलाल दास भन्छन, ‘ त्यही राजनितिक दलका अगुवाहरुको लगानिमा निजि अस्पताल खुलेको र आफै ढाटवाटका साथ गएर उदघाटन गरेकोले कुन नैतिकताले अनुगमन कारवाही गर्ने उनले बताए’ । कलैया अस्पताल दयनिय अवस्थामा रहेको छ ।
अस्पताल व्यावस्थापन समितिमा राजनितिक नियुतिmले अस्पताल लथालिङ्ग रहेको दास बताउछन । जसलाई मेडिकलको एक शब्द ज्ञान नभएकोलाई अस्पताल जस्तो संवेदनशिल क्षेत्र कलैया अस्पताल भर्ति केन्द्र भएको आरोप लगाएका छन् ।
प्रादेशिक अस्पताल कलैयामा संघ, प्रदेश र दाताहरुबाट अत्याधुनिक उपकरणहरु त वर्षेनी आएकै छन् । उपकरण चलाउन दक्ष प्राविधिक नभएर धन्केरै बिग्रीने गरेको वा अस्पताल कै कर्मचारीको मिलोमतोमा बिग्रार्ने समेतको कार्य हुने गरेको दास बताउछन ।
अस्पतालको मेशिन बिग्रे भने पो बाहिर कमिशनमा बिरामीलाई पठाउन सजिलो हुने गरेको उनले भने । विचारा गरिव असाहयहरु कोहि उपचार बिना मर्छन त कोही उपचारको लागि साहुसँग लिएको ऋणको बोझले मर्ने गरेका छन् ।
कलैया अस्पतालमा उपचारको लागि आएको सुवर्ण गाउपालिका –४ का विकास यादवले आफु विहान ८ बजे आएको, अस्पताल आउदा भिडभाड देखियो, त्यसपछि आफनो एक्सरे गर्नुपर्ने भएकोले लाईनमा एक घण्टा बसे पछि आफनो पालो आए पछि भन्छन एक्सरे मेसिन बिग्रेको थाहा पाए ।
त्यस्तै बसतपुरबाट आएका ७० वर्षिय रमावति लोहारिनले आफनो ढाडको हडी खिएको डा चन्द्रभुषनले औषधी लेखिदिएको औषधी खादा ठिक छ । विगत एक महिना देखि औषधीको लागि यस्तो कठयाग्रयो चिसोमा आउछु, औषधी नलिई फर्केर जाने गरेको गुनासो गरिन ।
मधुमेह र हाइपोटेन्सनको नियमित खाने औषधी अस्पतालले नियमित उपलब्ध नगराउदा विरामीहरु महङ्गो दरमा बाहिरबाट किन्न बाध्य छन् । मधुमेह र हाईपोटेन्सनका दैनिक एक सय भन्दा बढी विरामी आउने गरेको अस्पतालको अभिलेखले देखाउछ ।
अस्पताल स्रोतका अनुसार मेडिकल सुपरिटेण्डेट डाक्टर सुनिल कुशवाहाले मोटो कमिशन आउने काम मात्र गरेको आरोप लाग्दै आएको छ । उनि आएको पाँच महिना देखि सरकारले वितरण गर्ने निशुल्क औषधी किन्न नसक्नुले कमिशनको चलखेल भएको शंका उत्पन्न भएको अस्पतालका एक जना कर्मचारीले बताएका छन् ।
मधेश प्रदेशको स्वास्थ्य मन्त्री शत्रुधन सिहसँग प्रादेशिक अस्पतालको समस्या ’bout बुझदा आफनो मन्त्रालयमा औषधी माग नै नगरेको जानकारी गराएका छन् । मेडिकल सुपरिटेण्डेट र लेखापालको जुहारीले गर्दा अस्पताल अस्तव्यवस्त भएको मन्त्री सिहले बताए । चाडै मन्त्रालयको टोली सहित आफुले अनुगमन गरि त्याहाको अवस्था हेरी कर्मचारी हेरफेर गरि जुन सुकै अवस्थामा प्रादेशिक अस्पताल कलैयालाई व्यवस्थित गर्ने प्रतिवद्यता गरेका छन् ।