बलिदानको छायांकनको लागि ४२ फिटको मूर्ति तयार

काठमाडौं । नेपालमा पनि चलचित्र छायांकनको लागि भव्य सेटहरु निर्माण गर्ने क्रम बढ्दो छ । यसै क्रममा यतिबेला छायांकन भईरहेको नेपाली चलचित्र ‘बलिदान’को छायांकनको लागि निर्माण टिमले ४२ फिट अग्लो कालीमाताको विशाल मूर्ति निर्माण गरेको छ ।

चलचित्रको कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने यो मूर्ति मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा बनाईएको हो । मूर्ति बनाईएपछि चौरको नामसमेत काली चौरको रुपमा नामांकन भएको छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले नेपालभर खोजी गर्दा पनि उपयुक्त मूर्ति नभेटेपछि यो मूर्ति बनाउनु परेको बताएका छन् । भारतको कलकत्तामा गएर त्यहाँका कुशल कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको उनले बताए । मूर्ति’bout सन्तोषले भने,‘चलचित्रका लागि हामीलाई एउटा अद्वितीय र विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति नपाएपछि भारतको कलकत्ता पुगेर त्यहाँका कुशल कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण ग¥यौँ ।’

मूर्ति बनेपछि सो स्थानमा दर्जनौ पसलहरु पनि राखिएको छ । मूर्ति हेर्न आउनेहरुको त्यहाँ भिड लाग्ने गरेको सन्तोषले बताएका छन् । केही दिन अघि खाली रहेको चौरमा अहिले दैनिक सानो मेला लाग्न थालेको पनि उनले बताए । चलचित्रको छायांकन नै प्रभावित हुनेगरी त्यहाँ मूर्ति हेर्न र दर्शन गर्न आउनेको भिड लाग्न थालेको पनि उनले जानकारी गराए । कालीमाताको सेटको छायांकनपछि यो चलचित्रको सबै छायांकन सकिने सन्तोषको कथन छ ।

त्यसपछि टिजर सार्वजनिक सहित यो चलचित्रको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने उनले बताए । यो चलचित्रमा अभिनेता समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने