काठमाडौं । केही वर्ष यताबाट नेपालमा अन्तराष्ट्रिय गायन, नृत्य तथा अन्य रियालिटी शोको फ्रेन्चाईज प्रतियोगिता बढ्दो छ । यही क्रममा वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.) पनि अब नेपालमा आयोजना हुने भएको छ । तर यो रियालिटी शो नभएर प्रतियोगितामुलक रुपमा आयोजना हुनेछ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यो डान्स प्रतियोगिमा सहभागिता’bout जानकारी गराईएको छ ।
यो प्रतियोगिता अमेरिकामा सहित विश्वका २५ देशहरुमा हुदै आएको छ । अब नेपालमा पनि आयोजना गर्न लागिएको आयोजक सजिना तामाङले पत्रकार भेटघाटमा जनाईन् ।
नेपालमा नृत्यमा भविष्य खोज्नेहरुका लागि भन्दै यो कार्यक्रमको फ्रेन्चाईजलाई नेपालमा मण्डला इन्टरटेनमेन्टले भित्राएको पनि सजिनाले बताईन् । यो प्रतियोगिताको लागि देशभरबाटै ३०० भन्दा बढी प्रतियोगीको आवेदन परेको पनि उनले जनाएकी छिन् ।
डिजिटल अडिसनबाट तीनसय बढीबाट उत्कृष्ट प्रतिस्पर्धी चयन गरिएको आयोजक पक्षले पत्रकार भेटघाटमा जानकारी गरायो । अब २४ माघबाट उनीहरुबीच प्रतिस्पर्धा हुनेछ । यो डान्स प्रतिस्पर्धामा उत्कृष्ट हुने टिमले अमेरिकामा आगामी १६ जुलाई देखी २१ जुलाईसम्म आयोजना हुने वल्र्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन् । जसमा २५ देशका बिजेताहरु बिच प्रतिस्पर्धा हुनेछ ।
आयोजकका अनुसार नेपालमा हुने प्रतिस्पर्धामा सहभागी हुने टिमहरुलाई तीन समुहमा राखिएको छ । पहिलो अपर समुह रहेको छ र यसमा जुनसुकै उमेर समुहका डान्सरले पनि सहभागी हुन पाउने छन् । यसमा एकदेखि चारजनासम्मको एक टिम बनेर डान्स गर्न पाउनेछन् ।
यस्तै दोस्रो सिनिअर समुहमा १८ बर्ष भन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिममा १८ बर्ष भन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउने पनि आयोजकले जनाएको छ ।
सहभागी तीन समुहकै बिजेताले एक÷एक लाख नगद पुरस्कार पाउनेछन् । यस्तै अमेरिकामा हुने डब्लु.ओ.डीमा भने सिनिअर र जुनिअर समुहका बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने समुहले पनि सहभागी जनाउन पाउने आयोजकले जनाएको छ ।
यो प्रतियोगिताका नेपाल निर्देशक रोशन गहतराजले कार्यक्रममा भने,‘नेपालमा अहिलेसम्म नृत्यकै लागि भनेर यस्तो किसिमका शो नआएको र डब्लु.ओ.डी.नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरुका लागी उत्कृष्ट शो बन्नेमा हामी विश्वास्त छौं ।’
यस्तै आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लु.ओ.डी.जस्तो प्रतिष्ठित शोलाई भित्राउन पाउँदा खुसी लागेको बताइन् । यो प्रतियागिताको निर्णायकमा नृत्य कलाकारहरु निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेको कार्यक्रममा जनाईयो ।