संखुवासभामा भूकम्पबाट १ घरमा क्षति

संखुवासभा । चीनको तिब्बत केन्द्रबिन्दु बनाएर हिजो मंगलबार बिहान गएको भुकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ । आज बिहान चीनको तिब्बत केन्द्रबिन्दु बनाएर आएको भुकम्पबाट भोटखोला –१ किमाथाङ्कामा तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । भुकम्पबाट जिल्लामा मानविय क्षति भने नभएको उनको भनाइ छ ।

भुकम्पले शेर्पाको दुई तले ढुङ्गा टिनको छानो भएको घर चिरा परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । शेर्पाको घरमा ७ जनाको परिवार बस्दै आएका थिए । भूकम्पबाट अहिलेसम्म मानवीय क्षतिको सूचना नआएको र विवरण सङ्कलनका लागि स्थानीय तह,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको प्रजिअ खड्काले बताए ।

चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा सदरमुकाम खाँदबारी आसपास ठुलो धक्का महसुस गरिएको थियो । भुकम्पबाट किमाथाङ्का नाकापारी सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको भोटखोलाका स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धन बैठकः चुनावमा तालमेल गरेरै जाने