६ सय ८ जनामा परीक्षण गर्दा १ सय ८६ शंकास्पद क्षयरोगका विरामी

कालिकोट । ३ दिन संचालन भएको शिबिरमा खाँडाचक्र नगरपालिकामा १ सय ८६ जना क्षयरोगका शंकास्पद बिरामी फेला परेका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाका स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा क्षयरोग परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

निःशुल्क क्षयरोग परिक्षण शिबिरमा ६ सय ८ जनामा गरिएको क्षयरोग परिक्षणमा एकसय ८६ जना क्षरोगका शंकास्पद बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्टरोग सम्पर्क व्यक्ती पदम केसीले जानकारी दिए ।

शंकास्पद उनिहरुको थप खकार परिक्षणको लागी जिल्ला अस्पतालको जेनस्र्पोट मेशिनमा परिक्षणको लागी पठाएको बताए । सन् २०३५ सम्म नेपालमा क्षयरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य भएता पनि अहिलेसम्म क्षयरोगका बिरामी परिक्षण गर्न नसकेको उनले बताए ।

वार्षिक रुपमा तिनसय क्षयरोगका बिरामीको परिक्षण हुनुपर्ने हो तर, कालिकोटमा वार्षिक एकसय बिरामीको परिक्षण हुने गरेको रहेछ ।यस्तो परिक्षणले सरकारको लक्ष्य अनुसार अनुसार क्षयरोग निवारण गर्न नसकिने उनको भनाई छ ।

केसीका अनुसार चारहजार जनसंख्या भएको पालिकामा ६ सय आठ जनाको परिक्षण गर्दा एकसय ८६ क्षयरोगी भेटिए भने वाँकी ३४ सय जनाको परिक्षण गर्दा कति भेटिन्छन होला ? गाउँमा तमाखु बढी सेवन गर्नाले पनी क्षयरोगका संकास्पद बिरामी बढी भेटिएको उनले बताए ।

क्षयरोग निवारण गर्न नेपालका सरकारका तिनै वटा निकायहरु केन्द्र, प्रदेश र स्थानिय सरकारले परिक्षण बढाउनु पर्ने उनको भनाई छ । शिबिरमा संकास्पद भेटिएका एकसय ८६ जनाको जिल्ला अस्पतालमा जेनस्पोर्ट मेशिनबाट थप परिक्षण गर्दा ६ जनामा क्षयरोग देखिएको नगरपालिकाका स्वास्थ्य तथा सरसफाई आधारभुत शाखाका क्षयरोग संयोजक पुष्पराज पाण्डेले बताए । अझै एकसय जनाको परिक्षण हुन वाँकी छ । जिल्ला अस्पतालमा परिक्षण हुदै छ । फेला परेका बिरामीको आजैदेखि औषधी चलाउने समेत बताए ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी