लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्।

बुधबार बिहान अदालतमा हाजिर भएकी कोइरालाको केही समयमा थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

थुनछेक बहस सुरु हुँदै

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्। सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख धरौटीमा रिहा भइसकेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र