निसानको महत्व जगेर्ना गर्न इलाममा पदयात्रा

इलाम । नेपाल एकीकरणसँग ऐतिहासिक सम्बन्ध जोडिएको निसानको महत्तव जगेर्ना गर्न राष्ट्रिय सम्मानका साथ पदयात्रा सुरु भएको छ । नेपाल भारत सिमाना नजिकैको मेचीबजारबाट नेपाली सेनाले राष्ट्रिय सम्मानसाथ यात्रा सुरु गरेको हो । पद यात्रामा नेपाली सेनाको इलाम स्थित रणसार्दुल गणले नेपाल एकीकरणको बेला सेनाको कालो ड्रेस, पटुकी सहित खुँडा, खुकुरी झल्काउने गरी सेनाबाट पदयात्री तयारी गरेको थियो ।

नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको बाटो संरक्षणका थालिएको निसान पदयात्रामा नेपाली सेनाले राष्ट्रिय झन्डा फहराउँदै बाजा गाजाका साथ यात्रामा छ भने । उक्त यात्राको बाटोमा पर्ने तीन पालीकाका जनप्रतिनिधि सहितको टोली पदयात्रा गरिरहेको छ । पैदल यात्रीहरूलाई स्थानीय टोल टोलमा फुलका गुच्छासहित स्वागत गरिएको छ भने विद्यालयका विद्यार्थीहरूले पनि स्वागत गरिरहेका छन् ।

नेपाल एकीकरणको इतिहाँस झल्काउँने पोसाकमा नेपाली सेना

२६ गते सम्पन्न हुने निसान पदयात्राको पहिलो दिन निसान राखिएको सुर्योदयन नगरपालिका ११ को पूर्णे डाँडामा रहेर विश्राम हुने नेपाली सेनाको इलाम स्थित रणसार्दुल गणका गणपति प्रह्लाद घलेले बताए । पदयात्राको दोस्रो दिन पुस २५ गते पूूर्णेडाँडाबाट सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्ती टार आएर बास बस्ने छ । २६ गते बिहान नामसालिङबाट पुन ः सुरु भएको पदयात्रा माई बेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माई स्थानमा आएर सम्पन्न हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले जनाए ।

भारतसँग नेपाल एकीकरणमा पूर्व तर्फको सीमामा विजय पश्चात् गाडिएका निसान फकाइएको बाटोको समेत नाम निसाना हराउँदै गएको भन्दै पद यात्राको आयोजना गरिएको हो । निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ ।

इलाम सदरमुकाममा राखिएको निसान २०५९ सालमा तत्कालीन सरकार र माओवादी द्धन्दका समयमा सुरक्षाका कारण देखाउँदै काठमाडौँ सारिएको थियो । पुन सो निसान इलाममा २०७४ सालमा इलाममा नै फर्काइएको छ । सुगौली सन्धिपछि इलाम भित्राइएको सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षपछि काठमाडौँबाट पुन इलाम सारिएको थियो ।

नेपाल एकीकरण गर्दै जाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु मेची नदी कायम भयो । नेपाल एकीकरण गर्दै जाँदा नेपाली सेनाका तत्कालीन श्रीनाथ सिंह पल्टनले पुरानो सीमा विन्दु नागरी गढीमा गाडेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।

तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा गरिएको हो । पदयात्रामा करिब सय बढी पदयात्री सहभागी छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् । यो पदयात्राले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको इतिहासलाई सम्झाउने र निसान मार्गको विकास गर्ने लक्षका साथ आयोजना गरिएको छ ।

त्यस बेला पूर्वी सीमा टिस्टाबाट फर्काइएका निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्ती टार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माई स्थान ल्याइएको थियो । निसान पदमार्ग करिब ४१.१ किलोमिटरको हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित