दाङमा २४ किलो चरेससहित ३ जना पक्राउ

तुलसीपुर । दाङमा झण्डै २५ किलो अवैध लागूऔषध चरेस सहित ३ जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बस्ने वर्ष ३९ का निम बहादुर आले, नौबहिनी गाउँपालिका– २ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका– ७ बस्ने वर्ष २९ का प्रकाश घर्ती मगर रहेका छन् ।

प्रहरीले उनिहरुलाई बुधबार साँझ ७ बजे पक्राउ गरेको हो । परेकाहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इश्वर थापाले जानकारी दिए ।

घोराही उपमहानगरपालिका– १३ सिर्जनशील टोलमा कुल बहादुर बस्नेतको घर भाडामा लिएर अवैध लागूऔषधको कारोबार गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले घरमा छापा हानेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता