लेखा समितिका पूर्व स्वकीय सचिव पक्राउ

विराटनगर ।  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।

एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाइ जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उन त्यसपछि फरार रहदैँ आएका थिए । 
 

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी