नयाँ दिल्ली । १७ वर्ष पहिले दक्षिण अफ्रिकाका ब्याट्सम्यान जैक्स रुडोल्फले पहलिो टेस्ट म्याचमा नै सनसनी मच्चाएका थिए । २६ अप्रिल २००३ मा बंगलादेशविरुद्ध दक्षिण अफ्रिका लागि डेब्यु गरेका रुडोल्फले २ सय २२ रनको अविजित पारी खेलेका थिए । उनी डेब्यु टेस्टमा दोहोरो सतक प्रहार गर्ने विश्वका पाँचौं ब्याट्सम्यान बने । जैक्स रुडोल्फभन्दा अघि डेब्यु टेस्टमा चार खेलाडीले दोहोरो सतक जोड्न सफल भएका थिए ।
रुडोल्फले डेब्यु खेलमा दोहोरो सतक जोडेयता १७ वर्षदेखि विश्वका कुनै पनि ब्याट्सम्यानले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । त्यतिबेला रुडोल्फले बोएटा डिप्पेनारसँग तेस्रो विकेटका लागि अविजित रहँदै ४ सय २९ रनको साझेदारी खेले । दक्षिण अफ्रिकाले बंगलादेशलाई एक पारी र ६० रनले हराएको थियो ।
रुडोल्फले दक्षिण अफ्रिकाका लागि ४८ टेस्ट म्याचमा ६ सतक र ११ अर्धसतक प्रहार गर्दै २ हजार ६ सय २२ रन जोडेका थिए । रुडोल्फले दक्षिण अफ्रिकाका लागि ४५ वान डे म्याचमा १ हजार १ सय ७४ रन जोडे । जसमा ७ अर्धसतक रहेको छ ।
इंग्ल्यान्ड क्रिकेट टिमका रेजिनाल्ड फोस्टरले १९०३ मा अस्ट्रेलियाविरुद्ध २ सय ८७ रन जोडे । त्यसको ६९ वर्षपछि वेस्टइन्डिजका लारेन्स रोवेले न्युजिल्यान्डविरुद्ध आफ्नो डेब्यु टेस्ट म्याचको पहिलो पारीमा २ सय १४ रन जोडेका थिए ।
त्यसपछि १९८७ मा श्रीलंकाका ब्रे्रंडन केरुप्पुले डेब्यु टेस्टमा न्युजिल्यान्डविरुद्ध अविजित २ सय १ रन र न्युजिल्यान्डका मैथ्यु सिंक्लेरले १९९९ मा वेस्टइन्डिजविरुद्ध २ सय १४ रन जोडे । २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेको रुडोल्फले २ सय २२ रनको पारी खेलेका थिए ।