रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

ब्युनस आर्यस । अर्जेटिनाका महान् खेलाडी डिएगो म्याराडोनाले ब्राजिलियन पूर्वस्टार रोनाल्डिन्हो कुनै अपराधी नभएको बताएका छन् । विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा छन् । फर्जी पासपोर्ट बोकेको भन्दै रोनाल्डिन्हो र उनको दाइ पाराग्वेमा पक्राउ परेका थिए । धरौटीमा छुटे पनि उनीहरूले पाराग्वे भने छाड्न पाएका छैन । उनीहरू होटलमा बसिरहेका छन् ।

बार्सिलोना तथा एसी मिलानका पूर्वस्टारले आफूमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका छन् । ‘रोनाल्डिन्होलाई जे गरिएको त्यसले मलाई दुःख दियो,’ उनले भने, ‘उनी कुनै अपराधी होइन । कामका लागि गएका हुन् । आदर्श खेलाडी हुनु मात्र उनको दोष हो । उनी मेरो साथी हुन् र बाचुन्जेल रहन्छन् ।’

कोभिड–१९ का कारण भविष्यलाई लिएर अर्जेन्टिनाका पूर्वविश्व कप विजेता म्यारोडोनाले भविष्यका ’boutमा चिन्ता गरेका छन् । ‘अब आर्थिक अवस्था पहिलाजस्तै हुँदैन । अब नेताहरूले पुरानै अवस्थामा पु¥याउन मिहिनेत गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘भाग्यवश हाम्रा अर्जेन्टिना फुटबल संघमा उत्कृष्ट नेता छन् । मलाई आशा छ, उनीहरूले उत्कृष्ट निर्णय लिनेछन् ।’

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी