‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ बरिष्ठ अधिवक्ता कार्कीलाई

काठमाडौं । बुद्ध एयर प्रा. लिले सर्वोच्च अदालत बार एशोसिएसनमा स्थापना गरेको यस वर्षको ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’बाट बरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता बद्रीबहादुर कार्की सम्मानित भएका छन् ।

हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार,अन्वेषणलगायत विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले गत वर्षबाट मात्रै बुद्ध एयरले तीन लाख रुपैयाँ राशीको पुरस्कार स्थापना गरेको थियो ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवशंकर निरौला, बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र बुद्ध एयरका तर्फबाट कानुनी सल्लाहकार सन्तोष कुमार महतोसमेत रहेको पुरस्कार सिफारिस समितिले बरिष्ठ अधिबक्ता बद्रीबहादुर कार्कीलाई दिने पुरस्कार प्रदान गर्ने सिफारिस गरेको हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा कार्की २०५५ जेठ १ गतेदेखि २०५८ चैत २२ सम्म महान्यायाधिबक्ता भएका थिए । अनवरत रुपमा न्यायको क्षेत्रमा लागेका कार्कीको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । २०३४ सालमा अधिबक्ता भएका काकी २०६५ सालमा बरिष्ठ अधिबक्ता भएका थिए ।

गत वर्ष मात्रै तीन लाख रुपैयाँ राशीको पुरस्कार स्थापना सम्बन्धी सम्झौतामा बुध्द एयर प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष श्री वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिको तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

पुरस्कारका लागि बुध्द एयरले २५ लाखको अक्षय कोषको स्थापना गरेको छ । यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एकजना व्यक्तिलाई सम्मान गर्न लागेको हो । बुध्द एयरले पहिलो वर्षका लागि थप पाँच लाख रुपैयाँ रकम पनि प्रदान गरेको छ ।

स्वर्गीय बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत भएका थिए । बस्नेतले २०२७ देखि २०२९ सम्म प्रेस काउन्सिल नेपालको पहिलो अध्यक्षको रूपमा काम गरेका थिए । प्रेस काउन्सिलमा रहँदा बस्नेतले ‘मिसन पत्रकारिता’ गरिरहेका पत्रिकाको अनुगमन गरी मर्यादित र जिम्मेवार बनाउन भूमिका खेलेका थिए । भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए । उनी कानुन तथा न्याय, शिक्षा मन्त्री (२०२४) र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) पनि भएका थिए ।

बस्नेतले वनारस हिन्दू विश्वविद्यालय (बिएचयू) बाट बिएस्सी, एमए÷एलएलबीको अध्ययन गरेका थिए । त्यसअघि बस्नेतले विराटनगरबाट हाइस्कुलसम्मको शिक्षा लिएका थिए । देशैभर उच्च शिक्षा अध्ययन गरेका व्यक्ति निकै कम रहेका वेला उनले एमएसम्म अध्ययन गरेका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि शिक्षित थियो । बस्नेतका भाइ–भतिजहरूले पनि वनारसबाट स्नातकसम्मको अध्ययन पूरा गरेका थिए । बस्नेत राजा महेन्द्रको लालमोहर पाएर २०२१ सालमा तीन वर्षका लागि सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । तर, एक वर्ष ११ महिना मात्रै सर्वोच्चमा रहे । २०२१ सालअघि बस्नेत मोरङ जिल्ला पञ्चायतको सभापति थिए ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी