काठमाडौंमा देखाइयो ३ चिनियाँ चलचित्र

काठमाडौं । काठमाडाँैमा नेपाली र चिनियाँ दर्शकले तीन वटा चिनियाँ चलचित्र हेर्ने अबसर पाएका छन् । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको शुक्रबार ठमेलको क्युएफएक्स छायाँ सेन्टरमा आयोजना गरेको ‘ चिनियाँ चलचित्र दिवस’मा तीन वटा चलचित्र हेर्ने अबसर नेपाली र चिनियाँ दर्शकले पाएका हुन् । यो दिवसलाई पूर्वअर्थमन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए ।

कार्यक्रममा तीन वटा चिनियाँ चलचित्र यीहुई साओ निर्देशित ‘हर स्टोरी’, युडी झाङ निर्देशित ‘मिड समर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’लाई प्रदर्शन गरिएको थियो । चलचित्र जी फर ग्याप हरेपछि यो चलचित्रकी अभिनेत्री यु होङको अभिनयको कार्यक्रममा अतिथि दर्शकहरुले खुलेर प्रसँसा गरे । चलचित्रमा आफ्नो काम’bout अतिथिहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अभिनेत्री होङले यो चलचित्र मन पराएकोमा धन्यवाद ब्यक्त गरिन् । उनी दुई पटकसम्म गोल्डेन स्टार अवार्ड जितेकी चीनकी लोकप्रिय अभिनेत्री हुन् ।

यो दिवसमा प्रदर्शन भएका तीन वटै चलचित्रका निर्माता, निर्देशक र कलाकारहरु उपस्थित थिए । यी तीन चलचित्रका १४ जना चलचित्रकर्मीहरु महोत्सवमा सहभागी हुन चीनबाट नेपाल आएका हुन् । यी चलचित्र हेरेपछि अतिथि दर्शकसँग यी चलचित्रकर्मीहरुले अन्तरक्रिया समेत गरेका थिए । चिनियाँ चलचित्र हेर्न नेपाली दर्शकले देखाएको चासो’bout उनीहरुले कार्यक्रममा खुसी व्यक्त गरे । नेपाली चलचित्रकर्मी अग्रज कलाकारहरु नीर शाह, सुनिल थापा, निर्देशक दीपेन्द्र गौचन, हास्य अभिनेता केदार घिमिरे (माग्नेबुढा) लगायतले कार्यक्रममा प्रदर्शित चिनियाँ चलचित्रको प्रसँसा गरेका थिए ।

सो दिवसका प्रमुख अतिथि पूर्व अर्थमन्त्री बर्षमान पुनले कार्यक्रममा बोल्दै नेपालमा पहिलो पटक आयोजित चीन चलचित्र दिवसबाट चिनियाँ चलचित्र’bout आफुसहित कार्यक्रममा उपस्थित सबैले जान्ने अबसर पाएको बताए । कार्यक्रममा उनले भने,‘यो सांंस्कृतिक संबन्धको उत्सव हो । यसले हामी दुई देशका चलचित्रमार्फत हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्धत मिल्ने विश्वास मैले लिएको छु ।’

चाइना फिल्म एड्मिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले कार्यक्रममा चिनियाँ चलचित्रप्रति नेपालीहरुले दर्शाएको साथ र सम्मान’bout खुसी व्यक्त गरे । यो चलचित्र दिसवबाट चाईना र नेपाल बीचको चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जाने विश्वास आफुले लिएको उनले बताए ।

चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालका बर्षहरुमा चीन चलचित्रहरुका लागि विश्वको ठुलो बजार भैसकेको बताए । उनले नेपालमा समेत चिनियाँ चलचित्रको छायांकन हुने गरेको जानकारी दिए । यो दिवस’bout उनले कार्यक्रममा भने, ‘अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने सम्झौता भएको थियो । यस वर्ष चीन र नेपाल बीचको कुटनीतिक सम्बन्ध ६० औं बर्ष हो र यस वर्ष नेपाल पर्यटन वर्ष पनि भएकाले चलचित्र संस्कृति आदन प्रदानको लागि यो कार्यक्रम आयोजना गरेका हौं ।’

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले चलचित्रको माध्यामबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन यो चलचित्र दिवस आयोजना गरेको बताए । कार्यक्रममा उनले भने, ‘नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत आगामी संबन्धलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने छ ।’

यो चलचित्र दिवसमा सहभागीको हुन आएका १४ सदस्यीय टोलीको नेतृत्व चाइना फिल्म एड्मिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले गरेका थिए । कार्यक्रममा चलचित्र जी फर ग्यापकी अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ, चलचित्र पर्सनल पर्सिसटेन्सका निर्देशक जिङ जिआओ, चलचित्र लाइफ अफ लुओसाङका पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, चलचित्र मिड समर भोइसका निर्देशक झाङ युडी लगायतको यो कार्यक्रममा सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी