सप्तरी । बालुवा गिठ्ठीले छोपेर तस्करीका लागी टिपरमा लुकाएर लैजादै गरेको प्रतिबन्धित लागु औषध १ हजार ७ सय १७ केजी गाँजा बरामद गरेको २ महिना नवित्दै प्रहरीले पुनः खेतमा परालले छोपेर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।
पछिल्लो पटक प्रहरीले बलानविहुल गाउँपालिका १ बलानपट्टीस्थित खेतबाट परालले छोपी राखिएको अवस्थामा ६ सय ७० केजी गाँजा बरामद गरेको हो । अघिल्लो दिन साँझ बरामद गरिएको उक्त गाँजा आईतवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ ।
उक्त गाँजा तस्करीका लागी २४ वटा प्लास्टिकको प्याकेट बनाई परालमुनी लुकाई राखिएको अवस्थामा बरामद भएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । गोप्य सुचनाको आधारमा प्रहरी चौकी मौवाहाका प्रहरी सहायक निरिक्षक हेमन्त तमाङको नेतृत्वका खटेको टोलीले उक्त गाँजा बरामद गरेको उनको भनाई छ ।
यद्धपी उक्त गाँजा भण्डारण गर्ने ब्यक्तीको पहिचान खुल्न बाँकी रहेको र यस’bout आवश्यक अनुसन्धान भइरहेको उनले बताए । सप्तरी प्रहरीले यस अघि गत मंसिर ३ गते हुलाकी सडक खण्ड अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका सडक खण्डमा बालुवागिठ्ठी बोकेको टिपरबाट १ हजार ७ सय १७ केजी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको थियो ।
लागु औषध गाँजाको ओसारपसार र कारोबारमा संलग्न गिरोहले यसको तस्करीका लागी नयाँ नयाँ शैली अपनाउन थालेको भन्दै प्रहरी उपरिक्षक खतिवडाले प्रहरीले पनि सोही अनुसार निगरानी बढाएको बताए ।
यसैबीच आईतवार नै जिल्ला प्रहरी कार्याय सप्तरीले प्रतिबन्धित लागु औषध गाँजा बरामदगी तथा आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रहरी सहायक निरिक्षकसहित ४ जनालाई नगद तथा कदरपत्रबाट सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा प्रहरी सहायक निरिक्षक हेमन्त तमाङ, प्रहरी बरिष्ठ हबल्दार राजकुमार महतो तथा प्रहरी जबान अर्जून कुमार साह र मुकेश राय छन । उनीहरुले आ–आप्mनो क्षेत्रमा देखाएको कुशलताका लागी पुरस्कृत गरिएको प्ररही उपरिक्षक खतिवडाले जानकारी दिए ।