राजविराज । सप्तरी उद्योग बाणिज्य संघले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा तीनै तहमा निर्वाचित भएका पदाधीकारीहरुलाई सम्मान गरेको छ ।
आइतवार एक कार्यक्रमको आयोजना गरी नवनिवार्चित जिल्ला कार्य समिती, प्रदेश र केन्द्रीय पार्षद तथा केन्द्रीय सदस्यलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधानले पदाधीकारीहरुलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका छन ।
कार्यक्रममा नेपाल जेसिजका नवनिर्वाचित सचिव उज्जवल काबरासमेतलाई प्रमुख अतिथि प्रधानले दोसल्ला र कदरपत्रबाट सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानका साथै सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, सल्लाहकार बैजु जोशी, राजविराज जेसिजका अध्यक्ष विपलव आनन्द लगायतले बोल्दै राजविराज नगरपालिकाको बिटौरी जग्गा, खुल्ला सीमानाकाका कारण हुने अवैध मालसमान चोरी पौठारी तथा सरकारको अव्यवहारिक कर नीति लगायतका कारणले यहाँको व्यापार व्यवसाय चाैपट हुन लागेको भन्दै यसतर्फ पनि कलम चलाउन संचारकर्मीहरुसँग आग्रह गरेका थिए ।