चलचित्र घरका पर्दा सिल्कबाट डिजिटलतर्फ

काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा केही दिन यतबाट सो चलचित्र घरको रजतपट पर्दा (सिल्भर प्रोजेक्सन स्क्रिन) परिवर्तन गर्ने काम भईरहेको छ । यो चलचित्र घरका दुई सानो थिएटरका पर्दा परिवर्तन कार्य सम्पन्न भएको छ । यसको मुख्य हलको पर्दा परिवर्तन गर्ने काम भईरहेको हलको सञ्चालक समितिले जनाएको छ ।

काठमाडौंको विग मूभिज मात्र हैन, अहिले अन्य मल्टिप्लेक्स चलचित्र घरले पनि पुरानो पर्दा फर्ने काम गरिरहेको छ । ती चलचित्र घरमा सुरुका वर्षमा जडान गरिएका ‘क्रिस्टल सिल्भर प्रोजेक्स स्क्रिन’ हटाएर ‘लेजर सिल्भर प्राजेक्स स्क्रिन’ राख्न थालिएको छ ।

पछिल्लो समय धेरै जसो बिदेशी चलचित्रहरु थ्रिडी गुणस्तरमा आउने आउने गरेका छन् । यस्ता चलचित्रहरु लेजर सिल्भर प्रोजेक्सन स्क्रिनमा निकै राम्रो र प्रस्ट देखिने गरेको छ । डिजिटल पर्दा मध्य क्रिस्टलको तुलनामा लेजर सिल्भर स्क्रिन लामो समय टिक्ने, यसले चलचित्रलाई बढी प्रस्ट देखाउने चलचित्र घरमा हरेक कोणबाट हेदा दृष्य सहि देखिने कारण अहिले यो स्क्रिन राख्ने क्रम बढीरहेको चलचित्र घर सञ्चालकहरु बताउँछन् ।

सिनेमा प्रोजेक्टर लेजर स्क्रिन

केही समय अघिसम्म डिजिटल क्रिस्टिल प्रोजेक्सन स्क्रिनमा चलचित्र देखाउँदै आएको ललितपुरको लविम मल स्थित क्युएफएक्स सिनेमाले त्यहाँको तीनवटै पर्दामा अहिले लेजर सिल्भर प्राजेक्सन स्क्रिन जडान गरेको छ । सो चलचित्र घरका म्यानेजर शेरभ सिंह लामाका अनुसार टुडी देखि थ्रिडी चलचित्र प्रदर्शनको लागि अहिले यो पर्दा निकै लोकप्रिय छ । एक पटक जडान गरेपछि ५÷६ वर्षसम्म ढुक्कले गुणस्तरीय चलचित्र देखाउन मिल्ने भएकाले त्यहाँका तीनवटै पर्दामा लेजर सिल्भर प्राजेक्सन स्क्रिन राखिएको पनि म्यानेजर सेरभ सिंह लामाले बताए ।

‘क्युएफएक्सले अहिले लविम मलसँगै सिभिल मलको पनि सिल्भर स्क्रिन परिवर्तन गरेर लेजर सिल्भर प्राजेक्सन स्क्रिन राखेको छ । बिस्तारै यो अत्याधुनिक गुणस्तरको पर्दा क्युएफएक्सका सबै थिएटरमा राख्ने योजना सञ्चालक पक्षको रहेको छ,’ म्यानेजर लामाले राजधानीसँग भने ।

अहिले काठमाडौं उपत्यका मात्र हैन, उपत्यका बाहिर पनि हरेक मुख्य शहरमा सुविधा सम्पन्न मल्टिप्लेक्स चलचित्र घरहरु सञ्चालनमा आएका छन् । त्यहाँ पनि गुणस्तरीय चलचित्र देखाउन चलचित्र घरको गुणस्तरीय पर्दा राख्ने क्रम बढेको छ । मोफसलका सबैभन्दा गुणस्तरीय चलचित्र घर मानिएको नेपालगञ्जको रोयल सिनेमाले पनि आफ्नो चलचित्र घरमा अन्तराष्ट्रिय गुणस्तरको लेजर सिल्भर प्राजेक्सन स्क्रिन नै राखेको छ । मोफसलका अरु चलचित्र घर पनि बिस्तारै क्रिस्टल प्राजेक्सन स्क्रिनबाट लेजर तर्फ क्रेन्दित हुन थालेका छन् ।

क्रिस्टल स्क्रिन

नेपालमा पर्दामा चलचित्र देखाउने क्रम टुँडिखेलबाट सुरु भएको हो । पहिलो पटक १९५८ सालमा देव शमशेरले टुँडिखेलमा बेलुकीपख पर्दा राखेर सो पर्दामा बिदेशी चलचित्र देखाएका थिए । त्यसपछि बिक्रम सम्बत १९९० ताका काठमाडौंको सिंहदवार भित्र रहेको नाटक घरमा राणाहरुले बिदेशबाट ल्याएका चलचित्र बेला बेलामा प्रदर्शन गरेर हेर्थे ।

नेपालमा ब्यवसायिक रुपमा स्थापना भएको पहिलो चलचित्र घर ‘काठमाडौँ सिनेमा घर’ हो । न्युरोडमा २००६ साल २६ मंसिरमा स्थापना भएको यो चलचित्र घरमा त्यसको भोलिपल्ट २७ मंसिरबाट व्यवसायिक रुपमा चलचित्र प्रदर्शनी सुरु भएको थियो ।

सिल्भर स्क्रिन

काठमाडौं सिनेमा घरमा पहिलो पटक राम विवाह चलचित्र प्रदर्शनी गरिएको थियो । यसरी व्यवसायिक रुपमा स्थापना भएको यो चलचित्र घरमा त्यतिबेला चलचित्र प्रदर्शन गर्न सिल्कको पर्दा जडान गरिएको थियो । काठमाडौं सिनेमा घरलाई पछि जनसेवा सिनेमा हल नाम राखेर सञ्चालन गरिएको थियो ।

सिल्कको पर्दा भएको यो हलमा २०१८ सालमा पर्दाबाट अगलागी सुरु भएर पुरै हल जलेको थियो । अरु पर्दाको तुलनामा शिल्कको पर्दामा आगलागी बढी हुनेपछि त्यतिबेला विदेशका चलचित्र घरमा जाँदीको लेप लगाईएको पर्दा (सिल्भर स्क्रिन)मा चलचित्र देखाईनथ्यो । जसलाई नेपालमा रजटपट भनिन्थ्यो ।

जनसेवापछि स्थापना भएका काठमाडौंका जय नेपाल सिनेमा, अशोक सिनेमा, रञ्जना सिनेमालगायतका चलचित्र घरले चलचित्र प्रदर्शन गर्न सिल्कको सट्टा सोही कारण चाँदीको लेप पोतिएको पर्दा अर्थात रजतपट प्रयोग गरेका थिए । सिल्कको पर्दाको तुलनामा चाँदीको लेप लगाएर बनाएको पर्दा निकै महँगो हुन्थ्यो ।

डिजिटल स्क्रिन

तर यसमा चलचित्रको गुणस्तर राम्रो र चम्किलो देखिने भएकाले नेपालमा ठुला चलचित्र घरले त्यतिबेला सिल्भर स्क्रिन नै राख्ने गरेका थिए । मोफसलका चलचित्र घर र काठमाडौंका साना चलचित्र घरमा भने सिल्कको पर्दा नै राखेर त्यसमा चलचित्र देखाईन्थ्यो ।

लामो समय रञ्जना चलचित्र घरमा म्यानेजर भएर पछि जडिबुटीमा पुष्पाञ्जली चलचित्र मन्दिर सञ्चालन गरेको नेपाल चलचित्र संघका प्रथम उपाध्यक्ष गोपाल काजी कायस्थसँग यी दुबै प्रकारका पर्दामा चलचित्र देखाएको अनुभव छ । नेपालमा डिजिटल प्रदर्शन सुरु भएपछि चलचित्र घरमा पारम्पारिक स्लिभर स्क्रिन हटेको अहिलेको डिजिटर स्क्रिन आएको उनी बताउँछन् ।

कायस्थका अनुसार विश्वबजारसँगै नेपालमा पनि डिजिटल माध्यमबाट चलचित्र देखाउन थालेपछि फोर के रेजुलेसनको ‘डिजिटल सिनेमा इनिसियटिभ्स’ (डिसिआई) गुणस्तरका चलचित्र पर्दा भिडियो । यस्ता पर्दा सुरुबाटै यहाँका डिजिटल हलमा राख्न थालियो । पर्दा परिवर्तनकै क्रममा एक दशक अघिबाट नेपालका चलचित्र घरमा क्रिस्टिल सिल्भर प्राजेक्सन स्क्रिन जडान गरेर चलचित्र देखाउन थालिएको थियो ।

प्रथम उपाध्यक्ष कायस्थका अनुसार क्रिस्टल स्क्रिनमा टुडीसँगै थ्रिडी चलचित्रको गुणस्तर निकै राम्रो देखिने भएपछि यस्ता पर्दाहरु जडान गरिएको थियो । तर अहिले अत्याधुनिक शैलीको लेजर स्क्रिन आएपछि बिस्तारै क्रिस्टल प्राजेक्सन स्क्रिनहरु हट्दै गईरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध