प्रभु बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार राजधानीमा सम्पन्न सो साधारण सभाबाट बैंक संस्थापक र सर्वसाधारण तर्फबाट ६ जना नयाँ सञ्चालक चयन भएका छन् ।

संस्थापक र सर्वसाधारण तर्फबाट ६ जना नयाँ सञ्चालक चयन

सोमबार बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनी तर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह, र वृषबहादुर बस्नेत निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण शेयरधनी तर्फबाट सुरजकुमार श्रेष्ठ, किशोरजंग कार्की, र राजु पौडेल नयाँ सञ्चालकका रूपमा चयन भएका छन् ।

सो साधारण सभामा भएको निर्वाचनमा संस्थापक र सर्वसाधारण दुवै समूहका शेयरधनीहरूले मतदान मार्फत आफ्ना प्रतिनिधि चयन गरेका थिए । प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न सो साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमका विभिन्न निणर्यहरु समेत पारित गरेको छ ।

सो साधारण सभाले नयाँ सञ्चालक चयन भएका नेतृत्वलाई थप सुदृढ बनाउँदै लगानीकर्ता तथा ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने अपेक्षा गरिएको सो बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी